सामूहिक हत्या प्रकरण : उद्योगमा भुजेल दम्पत्ती मात्रै राखिएको थियो, राई कहिले आए ?

सामूहिक हत्या प्रकरण : उद्योगमा भुजेल दम्पत्ती मात्रै राखिएको थियो, राई कहिले आए ?
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा मृत फेला परेका भुजेल दम्पतिलाई मात्र साहुले राखेको खुलेको छ। सुरक्षा गार्डमा कार्यरत दोलखाका कुमार भुजेल र अम्बिका भुजेललाई मात्र काष्ठ उद्योगका सञ्चालक बालकृष्ण शिवाकोटीले राखेका हुन्। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीयाआमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको हत्या भएको हो। 

उद्योगका सञ्चालक शिवाकोटीले भने,‘कुमार भुजेल र उनकी श्रीमती लामो समयदेखि यहाँ कार्यरत हुनुहुन्थ्यो। उहाँको आमा केहिदिन अगाडि मात्र श्राद्ध गर्न काठमाडौं आउनु भएको थियो। अर्को छोराकोमा बसेर उहाँ यहाँ हिजो बेलुका मात्र आउनु भएको रहेछ। अर्का मृतक नविन राई कहिले यहाँ आएका थिए मलाई जानकारी छैन।’

प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी चारै जनाको शव पोष्‍टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्‍ज पठाएको छ। अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान जारी राखेको छ।

घटनाको सम्बन्धमा प्रहरीले तालिम प्राप्‍त कुकुर, अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको मैनालीको भनाई छ।प्रहरीले उनीहरुको हत्या गरेको आशंकामा काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार घटनापश्चात काठमिलमा यस अगाडि काम गर्दै आएका कामदारका छोरा दीपेन्द्र राई मध्यरातमा ट्याक्सी चढेर तिनकुने प्रहरी वृत्तमा पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.