सामूहिक हत्याकाण्डको छानबिनका लागि अनुसन्धान समिति गठन

सामूहिक हत्याकाण्डको छानबिनका लागि अनुसन्धान समिति गठन

काठमाडौं : तीनकुनेमा भएको सामूहिक हत्याकाण्डको छानबिनका लागि प्रहरी अधिकृत सम्मिलित अनुसन्धान समिति गठन भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो। 

थापाका अनुसार सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रहरी नायव उपरीक्षक सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका प्रहरी नायव उपरीक्षक सुरक्षा के.सी. र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र के.सी. रहेका छन्। घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न हुन अनुरोध गरिएको थापाले बताए। 

गैह्रीगाउँको दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा कार्यरत कुमार भुजेलको परिवारका तीनजना सहित चार जनाको शव फेला परेको थियो।  प्रहरीका अनुसार दोलखाका ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको शव फेला परेको हो। उनीहरुको टाउको र शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको छ।

प्रहरीले उनीहरुको हत्या गरेको आशंकामा काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ। 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.