छमछमी नाचे अन्नपूर्णकर्मी

छमछमी नाचे अन्नपूर्णकर्मी
सुन्नुहोस्

कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतका अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्णपोस्ट् डट कम, अन्नपूर्ण एक्सप्रेस दैनिक, एपीवान टेलिभिजन र रेडियो अन्नपूर्णमा आबद्ध पत्रकार तथा कर्मचारीहरू सहभागी थिए।

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चारगृहमा कार्यरत महिला पत्रकार तथा कर्मचारीका लागि शुक्रबार तीज विशेष कार्यक्रमको आयोजना ग¥यो। महिला कर्मचारीहरूले एकआपसमा खुसीयाली साटासाट गर्नुका साथै छमछमी नाचेर रमाइलो गरे। 

कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतका अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्णपोस्ट् डट कम, अन्नपूर्ण एक्सप्रेस दैनिक, एपीवान टेलिभिजन र रेडियो अन्नपूर्णमा आबद्ध पत्रकार तथा कर्मचारीहरू सहभागी थिए। कार्यक्रममा बेलुन खेल, स्ट्र खेल, पेपर फोल्डिङ, स्पिङ ह्विललगायतका खेल पनि खेलाइएका थिए। विजेतालाई विभिन्न उपहार प्रदान गरिएको थियो।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापा, अन्नपूर्ण एक्सपे्रेसका सम्पादक कमलदेव भट्टराई, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर शिरोमणि दवाडी, अन्नपूर्ण पोस्ट्का राजनीतिक ब्युरो प्रमुख नरेन्द्र साउद, अन्नपूर्ण मिडिया नेटवर्कका फाइनान्स म्यानेजर सुनील पौडेल, नेपाल बु्रअरीका निर्देशक दुर्गादत्त पन्तलगायतले विजेतालाई पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका निर्देशक सचन थापा, सिम्रिक फाउन्डेसनकी सञ्चार निर्देशक शुभ खनाललगायतको उपस्थिति रहेको थियो। विजेतालाई डीएचआई होम अप्लाइन्सेस, युनिलिभर नेपाल, जोय कस्मेटिक, कुण्डलिनी आयुर्वेद, सावित्री कञ्चनजंघा अगरबत्तीलगायतले गिफट्ह्यापर प्रदान गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.