प्रधानमन्त्रीले संसदमा शान्ति सुव्यवस्था मिलाउँछु भनेकै दिन चार जनाको निर्ममतापूर्वक हत्या

प्रधानमन्त्रीले संसदमा शान्ति सुव्यवस्था मिलाउँछु भनेकै दिन चार जनाको निर्ममतापूर्वक हत्या

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संसदमा जवाफ दिँदै सरकार शान्ति सुव्यवस्था मिलाउन प्रतिबद्ध रहेको बताएका थिए। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि प्रधानमन्त्रीले त्यस्तो प्रतिबद्धता जाहेर गर्नुपरेको थियो। तर त्यही रात संघीय राजधानीमै चार जनाको सामूहिक हत्या भयो। 

प्रहरी कार्यालयभन्दा केही सय मिटर नजिकै तीनकुने गैह्रीगाउँस्थित दिव्य सःमिलमा चार जनाको सामूहिक हत्या भएपछि प्रधानमन्त्रीको प्रतिबद्धतामाथि ठूलो प्रश्न चिन्ह खडा भएको छ। व्यस्त सडक छेउँमै चार जनको हत्या भएपछि राजधानीबासी त्रसित बनेका छन्। कतै केन्द्रीय राजधानी अपराधिक गतिविधि गर्ने थलो त बन्ने होइन? सर्वसाधारण यही प्रश्नले अक्रान्त बनेका छन्। केन्द्रीय राजधानीमै सुरक्षा दिन नसकेको भन्दै प्रहरीको समेत आलोचना सुरू भएको छ। 

गैह्रीगाउँकी ६० वर्षीय पवित्रा खड्काले शुक्रबार मोर्निङ वाक गरेर घर फर्किँदै गर्दा सामूहिक हत्या भएको थाहा पाएकी थिइन्। चार जनाको हत्या हुँदासमेत प्रहरीले थाहा नपाएकोप्रति उनी आक्रोशित बनिन्। राजधानीमा अपराधका घटनाहरू बढेको भन्दै उनी चिन्तित थिइन्। ‘रात भएपछि नै हो चोरहरू, अपराधिहरू सक्रिय हुने। प्रहरीले रातको समयमा बढी सुरक्षा दिनुपर्ने हो। यो बेला कानुन लगाउने प्रहरी भने खोइ कहाँ हुन्छन्?,' उनले प्रश्न गरिन्। उनले सरकार पनि गतिलो नभएकोप्रति दुःख व्यक्ति गरिन्। 

null

तीनकुनेजस्तो व्यस्त ठाउँमा भएको सामूहिक हत्याले प्रहरी, प्रशासन र सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। घटनास्थलभन्दा प्रहरी वृत्तहरू टाढा छैनन्। तर, यत्रो ठूलो घटना हुँदासम्म प्रहरीले के हेरेर बसेको थियो?,' गाउँबासीको साझा प्रश्न छ।  पवित्रा थप्छिन्, 'यहाँ हामी पनि सुरक्षित छैनौं। असुरक्षा बढ्दै गएको यो ज्वलन्त उदाहरण हो।'

कानुन कार्यान्वन गर्ने प्रहरी, प्रशासन र सरकारको कमजोरीका कारण दण्डहीनता मौलाएको स्थानीयको आरोप छ। 'देशमा दरो कानुन छैन। कानुन लागू गर्नेहरू पनि उस्तै छन्,’ उनले भनिन्, ‘गरिखाने त आफ्नै देशमा हो। तर, असुरक्षाले देशमै बसेर गरी खाने अवस्था छैन।’ अपराधी मनोवृत्तिका मान्छेहरूका कारण साधारण जनताको पनि ज्यान जोखिममा रहेको उनको भनाइ छ। 

घटनामा संलग्न दोषीलाई प्रहरी, प्रशासनले पक्राउ गरेर कडा कारबाही गर्दै जनतालाई सुरक्षा दिएको महसुस गराउनुपर्ने स्थानीयको माग छ। सिनामंगलका ६५ वर्षीय दीपक थापा भन्छन्, 'तीनकुनेमा भएको हत्या यस क्षेत्रकै ठूलो घटना हो। रिसिबी, लेनदेन जे कारणले घटना घटे पनि दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउनुपर्छ।' 

null

उनले प्रहरी, प्रशासनको संयन्त्रमाथि प्रश्न उठाए। 'काठमाडौंको चोकपिच्छे पुलिस, प्रशासन छन्। सीसी क्यामरा छन्। यत्रो ठूलो घटना हुँदा उनीहरूको नजर कहाँ हरायो?,' उनी प्रश्न गर्छन्। 

नेपालीहरूको ठूलो पर्वहरू नजिकिँदै गरेका बेला सुरक्षा व्यवस्था कडा पार्न उनले सरकारसँग माग गरे। 'प्रहरी रिङ रोडमा गस्ती गर्दै हिँडेको भए। यसरी घटना हुँदैन थियो,’ उनले भने, 'टोलमा कुनै घटना घट्दा प्रहरीलाई फोन गर्छौं। तर, समयमा पुलिस आइपुग्दैन। काठमाडौंमा बसेर के गर्नु? अपराधी भागेर कहाँ पुगिसकेका हुन्छन्। घटना भएपछि प्रहरी आइपुग्छन्। यस कारणले काठमाडौंमा ठूल्ठूला हत्या, लुटपाट, सुनतस्करीजस्ता घटनाहरू बढ्दै गयो।’

सुकुम्बासी बस्तीकी पविला परियार घटना सुनेर चकित भएकी थिइन्। ‘यहाँ बसेको धेरै भयो। मैले यत्रो ठूलो घटना सुनेको पहिलो पटक हो,’ उनले भनिन्, ‘सरकारमा बस्ने सबै मान्छे काठमाडौंमा बस्छन्। प्रहरीका ठूला हाकिम पनि यहीँ बस्छन्। सरकार पनि त यही सञ्चान हुन्छ। अनि यही ठाउँमा यत्रो असुरक्षा किन?’ उनले सहरमै असुरक्षा बढ्दै गएको बताइन्। 

null 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.