बदलिदो तीज : मौलिक संस्कृति जोगाउँदै घमिर गाउँ

बदलिदो तीज : मौलिक संस्कृति जोगाउँदै घमिर गाउँ
तस्बिर : मनोज कार्की

तीज पर्वको मौलिक संस्कृतिको संरक्षण र महत्वलाई स्थापित गर्न आयोजक स्वयं दिदीबहिनी नै भएकाले कार्यक्रमको व्यवस्थापन र सहजीकरण वडा कार्यालयले गर्दै आएको छ । रातभर चौरमा गाउँका दिदीसहिनीले आफै समूह बनाएर नाचगान गर्ने गर्दछन् ।

गुल्मी  :  तीज नेपाली हिन्दु नारीको महान् पर्व मानिन्छ । तीजमा दिदीबहिनीले भगवान् शिवको आराधना गर्नुका साथै नाचगान गर्दै मनोरञ्जन लिने गर्दछन् । यसपर्वमा महिला आफ्नो स्वास्थ्य र श्रीमान‍्को दिर्घायुको कामना गर्दै व्रत बस्छन् । तीज पर्वमा गाइने गीतको आफ्नै खालको शैली र विशेषता हुन्छन्।

तर, पछिल्लो समय गाउँसहरमा मौलिक संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । तीज पर्व गाउँसहरमा उत्ताउलो र भड्किलो बन्दै गएको छ । यस पर्वको मौलिकता सँगसँगै संस्कृति विस्तारै लोभ हुन थालेको बुढापाकाहरू बताउने गर्छन्।

तीज पर्व लोभ हुँदै गएको हो कि भन्ने चिन्ता बढिरहेका बेला पहाडी जिल्ला गुल्मीको एक गाउँ तीजको मौलिकता र संस्कृतिको संरक्षणमा लागिपरिरहेको छ । जुन गाउँमा तीज पर्व लागेसँगै तीजसम्बन्धीत गीत र प्रतियोगिता  मनाउने गरिन्छ। 

तीज पर्वको सुरु भएसँगै कतिपयले त मालिका गाउँपालिका -७ घमिरको पञ्चमीकै स्मरण गर्छन् । पर्वको नाममा विकृति र विसंगति बढ्दै गइरहेको बेला घमिरका दिदीबहिनीले तीजपर्व र संस्कृतिको संरक्षण गरिरहेका छन् । 

सयौं वर्षदेखि घमिर भानुपोखरामा पञ्चमीको रातभर मौलिक तीज गीत गाउने गरिन्छ।  पञ्चमीको रातभर तीज गीत कहिलेदेखि सुरू भएको भन्ने मिति ठ्याक्कै नभएपनि सयौं वर्षदेखि हुँदै आएको बुढापाकाहरू बताउँछन्।  

null

पञ्चमीको रातभर गाइने तीज गीतको आफ्नै महत्व र चर्चा छ । 

पञ्चमीको दिनभर आफ्नो स्वास्थ्य र श्रीमान‍् दिर्घायुको कामना गर्दै ब्रत बसेर रातभर नाचगानको लागि बाध्यवादनसहित समूहमा भानुपोखरा चौरमा पुग्ने गर्दछन् । बेलुका ८ बजेदेखि बिहान ७ बजेसम्म दिदीबहिनीले मनका वेदना र पीरमर्का गीतको माध्यममा प्रस्तुत गर्ने गर्दछन् । 

घमिरमा पञ्चमीको नाचगान हेर्न इश्मा,अर्जै,पुर्कोट,अर्खावाङ्ग,मर्भुङ्ग,नेटा,दर्लिङ्ग,ह्वाङदीलगायतमा क्षेत्रबाट मानिसहरू आउने गरेको समाजसेवी डेम बहादुर खत्रीले बताए । परापूर्व कालदेखि पञ्चमीको रातभर मौलिक नाचगान हुने भएकाले यसको महत्व दैनिक बढ्दै गएको समाजसेवी खत्रीको भनाइ छ । 

रातभर भानुपोखरा चौरमा दिदीबहिनी समूह बनाएर नाचगान गर्ने गर्दछन् । मौलिक संस्कृतिको संरक्षण र महत्वलाई स्थापित गर्न आयोजक स्वयं दिदीबहिनी नै भएकाले कार्यक्रमको व्यवस्थापन र सहजीकरण वडा कार्यालयले गर्दै आएको छ । रातभर चौरमा गाउँका दिदीबहिनीले आफै समूह बनाएर नाचगान गर्ने गर्दछन् । 

यसवर्ष पनि मंगलबार बेलुका ८ बजेदेखि बुधबार बिहान ०८ बजेसम्म मौलिक तीजगीत हुने वडा कार्यालयले जनाएको छ । “तीजको पञ्चमी र वडादशैंको कालरात्री आफैमा गर्बिलो इतिहास हो” वडाअध्यक्ष कार्कीले भने,'यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो।'

आजभोलि पर्वको नाममा विकृति बढ्दै र संस्कृति हराउँदै गएको छ । तर, स्वयं दिदीबहिनी आफै सक्रिय भएर गीतमार्फत वेदना प्रस्तुत गर्नेहुदाँ यसको महत्व वढिरहेको वडाअध्यक्ष कार्कीको भनाई छ । 

वडाध्यक्ष कार्कीले भने,'पहिला भानुपोखरा चौरमा दिदीबहिनी आफैं आयोजक भएर टुकीको साहारामा रातभर तीज गीत गर्नुहुन्थ्यो । तर,हिजोआज पहिलेको जस्तो अवस्था छैन। उपस्थित समूहलाई प्रोत्साहन स्वरुप केहि नगदसहित कार्यक्रमको व्यवस्थापन गर्दै आएका छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.