पार्टी विभाजनपश्चात पहिलो पटक एमाले मुख्यालयमा पुगे झलनाथ खनाल

पार्टी विभाजनपश्चात पहिलो पटक एमाले मुख्यालयमा पुगे झलनाथ खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल एमाले पार्टी कार्यालयमा पुगेका छन्। मंगलबार दिउँसो संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रम सहभागि हुन पूर्वप्रधानमन्त्री खनाल एमाले पार्टी कार्यालयमा पुगेका हुन्। 

null

यसअगाडि एमालेले नेकपा एकीकृत समाजवादीलाई आफ्नो कार्यक्रममा निमन्त्रणा गर्ने गरेको थिएन। निर्वाचन अगाडिसम्म एमालेले एमालेबाटै विभाजित बनेको एकीकृत समाजवादीलाई औपचारिक रुपमा दलको मान्यताको रुपमा समेत स्वीकार गर्न सकेको थिएन भने गठबन्धनबाट एकीकृत समाजवादी सहभागी हुने मञ्च/ बैठकमा समेत एमालेले बहिस्कार गर्दै आएको थियो। 

एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका सुवासचन्द्र नेम्वाङका लागि मत माग्दै तत्कालीन समयमा एमाले नेताहरु एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए। खनाल एमाले विभाजन अगाडि  अध्यक्षसमेत भइसकेका छन्।

कार्यक्रममा खनालले एमाले हुँदा गरेका कामको स्मरण गरे। उनले नेम्वाङसँग ६० वर्षभन्दा लामो मित्रता र सहकार्य गरेको उल्लेख गरे।

ऐतिहासिक संविधान सभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्व. नेम्वाङको योगदानलाई केन्द्रमा राखी ‘सुवास र संविधान’विषयमा एमालेले सातै प्रदेशमा प्रवचन कार्यक्रमको आयोजना गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.