टीकापुर घटनाका सबै बन्दी रिहा

टीकापुर घटनाका सबै बन्दी रिहा
तस्बिर : शिवराज भट्ट

धनगढी : टीकापुर घटनामा जेल सजाय भोगिरहेका ४ जना बन्दी संविधान दिवसका दिन रिहा भएका छन् । कैलाली कारागारमा रहेका ३ जना र पोखरास्थित बाल सुधार गृहमा रहेका एकजना गरी ४ जना बन्दी रिहा भएका हुन् ।

कैलाली कारागारबाट ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षी हरिनारायण चौधरी बुधबार रिहा भएका हुन् । बीरबहादुर २०७२ सालको भदौ १४ गते, प्रदीप २०७२ साल भदौ २८ गते र हरिनारायण घटना भएको भोलिपल्ट अथवा २०७२ सालको भदौ ८ गते पक्राउ परेका थिए ।

तीनैजनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा कैद सजाय तोकिएको थियो । घटनाका  मुख्य आरोपी भनिएका रेशमलाल चौधरी यसअघि नै रिहा भइसकेका थिए । राजनीतिक पहुँच भएका कारण रेशम रिहा भएका तर सामान्य व्यक्ति नछुटेका भन्दै आलोचना भइरहेका बेला संविधान दिवसका अवसरमा तीनैजना रिहा भएका हुन् ।

null

नाबालक श्रवण चौरी पनि बुधबार नै रिहा भएका छन । थरुहट प्रदेशको माग गर्दै २०७२ सालको भदौ ७ गते टीकापुरमा भएको झडपका क्रममा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका २ जना निरीक्षक, हवल्दार, जवान, सशस्त्र प्रहरी हवल्दार र नाबालक गरी ९ जनाको ज्यान गएको थियो ।

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार उनीहरुको कैद कट्टा गरेका हुन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । 

कैलाली कारागारबाट छुटेका तीनैजनालाई लिन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संघीय सांसद अरुण चौधरी, नागरिक उन्मुक्तिका प्रदेश मन्त्री, सांसदसहितका व्यक्तिहरू कैलाली कारागार पुगेका थिए । 

उनीहरुलाई टीकापुरमा नगर परिक्रमा गरी अभिनन्दन गराइने कार्यक्रम रहेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । टीकापुर घटनामा संलग्न भएका ३० जना फरार छन । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले ती ३० जना विरुद्ध लगाइएको झुठा मुद्दा छिट्टै खारेज हुने दाबी गरे । 

null

 रिहा भएका बन्दीहरू लिन कैलाली कारागार पुगेका रेशमले फरारको सूचीमा रहेकाहरूको मुद्दा खारेजीका लागि पनि सरकारसँग छलफल भइरहेको दाबी गरे । ‘फरारको सूचीमा रहेका ३० जनाको मुद्दा खारेजीका लागि प्रधानमन्त्रीसहित सत्तासीन दलका शीर्ष नेतासँग मेरो छलफल जारी छ । छिट्टै टीकापुर घटनाको मुद्दा बन्द हुने र झुठा मुद्दा खारेज हुनेछ,' उनले भने । 

यद्यपी रेशमलाल चौधरीको रिहाइका बारेमा सर्वोच्च अदालतले सार्जजनिक गरेको पूर्ण पाठमा भने उनलाई छोडनु उचित नभएको ठहर गरिएको छ ।  रेशम चौधरीको रिहाइका विरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले सर्वोच्च अदालतमा रिट निवेदन दिँदै रेशमलाई पुनः पक्राउ गर्न माग गरेकी छिन् । 

सर्वोच्चमा परेको उक्त रिट उपर सुनवाइ अझै भएको छैन । कैलाली कारागारबाट संविधान दिवसका दिन ९ जना कैदीबन्दीको रिहाइ भएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.