स्याङ्जाका ६ कैदीबन्दी रिहा
स्याङ्जा : संविधान दिवसमा स्याङ्जाका ६ कैदिबन्दीले ५० प्रतिशत सजाए माफी पाएर रिहा भएका छन्। संविधान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले अदालतबाट तोकिएको सजायमध्ये ५० प्रतिशत कैद सजाए भुक्तान गरिसकेका कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरेपछि उनीहरू रिहा भएका हुन्।
माफी पाउनेमा बहुविवाह मुद्दाका ३,डाँका चोरीका दुई र ज्यान मुद्दाका १ जना रहेको कारागार शाखाले जनाएको छ। बहुविवाह मुद्दाका ईश्वर कार्की, कोपिला दर्जा सार्की र जीवन कामी,डाँका चोरी मुद्दाका मुम्मुमत मियाँ र दिनेश कार्की छन्।