वार्तामा नआएपछि ईः अभियन्तासँग बालेन आक्रोशित, ईः भन्छन्- नगर प्रहरीले 'त्यसोभए मेयर भेट्दैन' भन्दै रिसाए

वार्तामा नआएपछि ईः अभियन्तासँग बालेन आक्रोशित, ईः भन्छन्- नगर प्रहरीले 'त्यसोभए मेयर भेट्दैन' भन्दै रिसाए

काठमाडौं : विभिन्न माग राखी काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलन गरिरहेका ईः अभियन्ताहरूमाथि मेयर बालेन्द्र शाह (बालेन) आक्रोशित बनेका छन्। उभिरहेको ठाउँमा आफैंले वार्ताक लागि आह्वान गर्दासमेत नआएको बालेनको आरोप छ। 

'विगत केही दिनदेखि केही अभियनताहरू आन्दोलनमा हुनुहुन्थ्यो। उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौं  भन्दा अभियनताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन,' सामाजिक सञ्जालमा बालेनले लेखेका छन्।

लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाटै हुनुपर्ने भन्दै उनले ईः अभियन्ता राजनीतिक स्वार्थसँग त जोडिएका छैनन् भन्दै आशंका गरे। 'सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं। के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नुपर्ने?,' उनले प्रश्न गरेका छन्।

बालेनको दाबीलाई भने ईःले खण्डन गरेका छन्। ईःले मेयर आफैं गएर वार्तामा बोलाएको कुरालाई झुटो बताउँदै फेसबुकमा लेखेका छन्, 'मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए- त्यसोभए मेयरले भेट्दैन!'

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ईः ले गरिरहेको आन्दोलनप्रति ध्यानाकर्षण भइरहेको भन्दै छलफल गर्न महानगरको ढोका खुल्ला रहेको बताइन्। उनले ईःले राखेको विषय महानगरको मात्रै नभएर संघीय सरकारको पनि रहेकाले सबैको सहकार्यमा नै अघि बढ्नुपर्ने खाँचो देखिएको बताइन्। 

फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने मागसहित ईः अभियन्ता महानगरपालिकाविरुद्ध आन्दोलन गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.