अरिंगालको टोकाइबाट एकको मृत्यु

अरिंगालको टोकाइबाट एकको मृत्यु

ओखलढुंगाः अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ। मानेभञ्ज्याङ गाउँपालिका-५ ओखरबोटस्थित ५९ वर्षीय भुवनसिं मगरको मृत्यु भएको हो।

सोमबार बिहान करिब ११ बजे आफ्नो घरछेउको काभ्राको रुखमा रहेको अरिंगालको गोला झिक्नलाई रुख चढ्ने क्रममा अरिंगालको गोलैले टोकेको थियो। 

टोकाइबाट गम्भीर गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बलिस्टर सिंहका अनुसार उपचारका क्रममा मगरको मृत्यु भएको हो। प्रहरीले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.