जन्मकैदको फैसला भएका दुई फरार प्रतिवादी पक्राउ

जन्मकैदको फैसला भएका दुई फरार प्रतिवादी पक्राउ
सुन्नुहोस्

२०७७ सालको चैत १५ गते फागुपूर्णिमा (होली)को दिन बडिगाडको वडा नम्बर १० सहित छिमेकी जिल्ला गुल्मी र प्युठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो ।

बागलुङ : बल्देधुरी हत्या घटनाका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या घटनामा कैद फैसला सुनाइएका बडिगाड गाउँपालिका–१० का तेजपाल भन्ने तेजेन्द्र छन्त्याल र सोही स्थानका राजकुमार घर्तीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले मंगलबार बागलुङ बजारबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

२०७७ फागुनको फागुपूर्णिमा (होली)को दिन बडिगाड गाउँपालिका–१० बल्देधूरीमा होली खेल्ने क्रममा झडप हुँदा भिरबाट खसालेर दुई युवाको हत्या गरेको मुद्दामा बागलुङ जिल्ला अदालतका जिल्ला न्यायाधिश डा. दिवाकर भट्टको इजलासले २०७९ साल पुष २६ गते छन्त्याल र घर्तीसहित १६ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । जन्म कैदको फैसला भएका छन्त्याल र घर्ती फरार रहेका थिए ।

बागलुङ जिल्ला अदालतले छन्त्याललाई २३ वर्ष ८ महिना र घर्तीलाई १५ वर्ष दुई महिना कैद सजाय तोकेको थियो । पक्राउ परेका दुई जनालाई लगत कट्टाको लागि मंगलबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिप्रका बागलुङका प्रनाउ केसीले बताए ।

२०७७ सालको चैत १५ गते फागुपूर्णिमा (होली)को दिन बडिगाडको वडा नम्बर १० सहित छिमेकी जिल्ला गुल्मी र प्युठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो । स्वतस्फूर्त रुपमा लाग्ने मेलामा रमाउन गएका युवाहरुबीच होली खेल्ने क्रममा बडिगाड गाउँपालिका–१० र निसीखोला गाउँपालिका–७ का युवाहरूबीच दोहोरो झडप हुँदा दुईजनाको मृत्यु भएको थियो । घटनामा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको ज्यान गएको थियो ।

घटनामा बडिगाड–१० का युवाहरुले कुटपिट गरेपछि भीरबाट खसालेर हत्या गरिएको आरोप लागेको थियो । घटनापछि प्रहरी अनुसन्धानमा पनि सोही कुरा खुलेको बताइएको थियो ।

घटनामा संलग्न भएको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर १० का १८ जना युवाहरु पक्राउ परेका थिए । पक्राउ परेकामध्ये १६ जनालाई बागलुङ जिल्ला अदालतले जन्मकैदको फैसाल सुनाएको थियो । फैसला अगाडी दुई जना तारेखमा छुटेका थिए । एक जना उच्च अदालतको आदेश र अर्का सर्वोच्चको आदेशमा छुटेका थिए । आदेश मानेर पुर्पक्षमा बसेका सबैलाई अदालतले जन्मकैदको फैसला गरेको थियो । घटना हुँदाका दिन १८ वर्ष नपुगेका एक बालकलाई भने सुधार गृह पठाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.