पदकबाट चुके दीपक र निमा

पदकबाट चुके दीपक र निमा
मंगलबार हाङ्चाओको एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको उसुको आ–आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्दै नेपालकी निमा घर्तीमगर र दीपक हमाल। तस्बिर : लोकेन्द्र बस्नेत (राखेप)
सुन्नुहोस्

हाङचाओ : चीनको हाङचाओ सहरमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत उसुको थाउलोमा नेपालका दीपक हमाल र निमा घर्तीमगर पदकबाट चुकेका छन्। एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको थाउलोअन्तर्गत पुरुषको नानक्वान अलराउन्डरमा दीपक १३औं स्थानमना रहे। उनले ९.६३३ अंक जोडेका थिए। उक्त स्पर्धामा २० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उक्त स्पर्धामा इन्डोनेसियाका ह्यारिस होरातिउसले स्वर्ण, दक्षिण कोरियाका योङ्मुन लिले रजत र हङहङका चि लुङ लौले कांस्य पदक जितेका थिए।

यसैगरी महिला नानक्वानमा निमा घर्तीमगरले दशौं स्थान हात पारेकी थिइन्। ११ देशका खेलाडी सहभागी प्रतिस्पर्धामा निमाले ९.१४० अंक जोडेकी हुन्। सहभागी खेलाडीमध्ये इरानकी मीना दोर्चेह पनाहीले भने खेल पूरा गर्न सकिनन्। उक्त स्पर्धामा आयोजक चीनकी हुइयिङ चेन पहिलो स्थानमा रहिन्। उनले कुल ९.७९० स्कोर गरेकी थिइन्। मलेसियाकी चेओङ मिन तान ९.७०३ अंकसहित दोस्रो र उज्वेकिस्तानकी दार्या लातिसेभा ९.७०० अंकसहित तेस्रो स्थान हात पारिन्। 

यस्तै मंगलबार भएको महिला नानदाओ स्पर्धाको फाइनल चरणमा निमा आठौं स्थानमा रहिन्। उनले कुल ९.५६३ अंक जोड्न सफल भएकी थिइन्। उनले इरानकी दुई र भियतनामकी खेलाडीलाई पछि पारेकी थिइन्। सो स्पर्धामा चीनकी हुइयिङ चेनले स्वर्ण पदक जितिन्। मलेसियाकी चेओङ मिन तानले रजत पदक हात पार्दा उज्वेकिस्तानकी दार्या लातिसेभाले कांस्य पदक प्राप्त गरिन्। 

यसअघि सोमबार नेपालका सुस्मिता तामाङ र पासाङ शेर्पाले प्रतिस्पर्धा गरेका थिए। थाउलोअन्तर्गत महिला छाङछ्वानमा सुस्मिता ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन्। उनले ९.४१० अंक जोडिन्। थाउलोकै पुरुष ताजिक्वानमा पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे। उनले ९.०१३ अंक स्कोर गरे। अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे। उनले ८.९७३ अंक ल्याएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.