बारामा गोली हानी हत्या गरिएका युवकको पहिचान खुल्यो

बारामा गोली हानी हत्या गरिएका युवकको पहिचान खुल्यो
सांकेतिक तस्बिर।
सुन्नुहोस्

वीरगन्ज : बाराको पचरौता नगरपालिका-६ मा मंगलबार साँझ गोली हानी हत्या गरिएका युवकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक युवक भारत बिहारको मोतिहारी जिल्ला दर्पा थानाअन्तर्गत परणने सुक्लहिया गाउँका २२ वर्षीय अजित कुमार सिंह हुन् ।

पचरौता नगरपालिका-६ लक्ष्मिनियास्थित पोखरी नजिक शव फेला परेको सिंहको गोली हानेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मंगलबार साँझ ६ बजेतिर दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले सिंहमाथि गोली प्रहार गरेर भारततर्फ भागेको प्रहरीको भनाई छ। घटनास्थलबाट प्रहरीले एक थान गोलीसमेत बरामद गरेको छ ।

सिंहमाथि उनका एक जना साथीले नै गोली चलाएको हुनसक्ने प्रहरीको आशंका छ । उनको शव हाल पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यसअघि सोमबार पचरौता नगरपालिकाकै –१ मा पर्ने नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सशस्त्र प्रहरीका एक पूर्व सशस्त्र प्रहरी जवानको शव फेला परेको थियो । प्रहरीले उनको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिइसकेको छ । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.