चितवनबाट कोशी टप्पु ल्याइयो पुष्पा र अञ्जली

चितवनबाट कोशी टप्पु ल्याइयो पुष्पा र अञ्जली
सप्तरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिँदै चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको पुष्पा र अञ्जली। तस्विर : मनोहर पोखरेल
सुन्नुहोस्

राजविराज : चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको पुष्पा र अञ्जलीलाई बुधबार कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर चितवनबाट ल्याइएको दुईवटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र ल्याइएको हो । चितवनबाट छुट्टाछुट्टै खोरमा राखेर गैंडाहरु कोशी टप्पुमा छाडिएको आरक्षले जनाएको छ ।

कोशी टप्पु वन्य जन्तु आरक्ष केन्द्रअवस्थित उद्धार केन्द्र पथरी सप्तरीको सञ्चालन शुभारम्भ गर्दै एक सिंगे पोथी गैंडाहरु हस्तान्तरण गरिएको हो । उद्धार केन्द्रको सञ्चालन वन तथा वातावरणमन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतोले रिबन काटेर गरे । दुईवटा टुहुरा गैँडा पुष्पा र अञ्जलीलाई मन्त्री महतोले आरक्षको पश्चिमी क्षेत्रमा स्वागत गरे । ट्रकमा ल्याइएको गैंडाहरु टप्पुको पथरी पुग्दा कर्मचारीसँगै जनप्रतिनिधि र नेपाली सेनाले स्वागत गरेर भित्र्याए । कोशी टप्पु वन्यजन्तु आरक्षको पश्चिमी क्षेत्र सप्तरीको कञ्चनरूप नगरपालिका ५ स्थित पथरी क्षेत्रमा काठको खोर खोलेर गैँडालाई छाडिएको छ । 

मन्त्री महतोले आरक्षको वन्य जन्तुबाट हुने समस्या समाधानका लागि तीनै तहको सरकारले मिलेर काम गर्नुपर्ने बताए । कोशी टप्पु आरक्ष घोषणा स्थानीयवासीको हितमा हने भनिएको प्रतिबद्धता नेपाल सरकारले पुरा गर्न नसकोमा दुखी भएको भन्दै मन्त्री महतोले स्थानीय आक्रोशित हुनुलाई स्वभाविक ठहर्‍याए । 

प्राविधिक समितिको अध्ययनले गैँडाको वासस्थानका लागि कोशी टप्पु उपयुक्त देखिएपछि चितवनबाट गैँडा ल्याइएके हो । विभागका तत्कालिन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले यस विषयमा विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरिएको गैडाहरुलाई सौराहामा हुर्काए पछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएको थियो । पुष्पा र अञ्जली नामका गँैडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुट्टिएर टुहुरा भएका थिए । माउबाट छुट्टिदा उनीहरु अन्दाजी दुई र एक महिना उमेरका थिए । उद्धार गरेर हुकाईएको पुष्पा अहिले ३ वर्ष ९ महिना र अञ्जली साढे २ वर्ष उमेरका छन् ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाको मुख्य बासस्थानको रुपमा रहेको छ । कोशी टप्पुबाट विगतमा १३ वटा अर्ना चितवन पु¥याइएको थियो । त्यसबेला अर्ना लगे जसरी नै चितवनबाट गैंडा ल्याउनुपर्ने माग कोशी टप्पुबाट भएको थियो । 

चितवनमा बाघ र चितुवा भएकाले कोशीबाट लगिएको नौलो जन्तु अर्नालाई बचाउन सकिएन् । कोशी टप्पुका लागि गैंडा पनि नौलो जन्तु हो । कोशीमा सिकारी जन्तु नभएकाले गैडालाई बाघ र चितुवाको डर छैन् । फरक वातावरणले गैंडालाई केही असर पर्ला कि भन्ने जिज्ञासा भने रहेको छ ।

“पर्यटनमा हरित क्रान्ति” नारासहित मनाइएको पर्यटन दिवसको उक्त कार्यक्रममा पूर्व मन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मी, मधेश प्रदेश सभा सदस्य सकिल मिया, कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्तालगायतले शुभकामना मन्तव्य राखे ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगाना, वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक कुमार खराल, राष्ट्रिय प्रकृति संरक्षण कोष एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. कृष्ण प्रसाद ओली, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष जङ्ग बहादुर खड्का सहभागी थिए ।

त्यस्तै कोशी टप्पु  वन्यजन्तु आरक्षको वन्यजन्तु उद्धार केन्द्र, सप्तरीको  पथरी क्षेत्रमा ४ वर्षका दुई हात्ती उत्तरी प्रसाद र मकुना गज रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.