मालारानीको सहकारीमा चोरी
अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकामा रहेको एक सहकारीमा बुधबार राति चोरी भएको छ । मालारानी गाउँपालिका- ४ खनमा रहेको जनकल्याण साना किसान कृषि सहकारी सस्था लिमिटेडको कार्यालयबाट १ लाख ५६ हजार चोरी भएको एलाका प्रहरी कार्यालय खनका प्रमुख प्रहरी निरीक्षक इश्वरी अधिकारीले बताए ।
सहकारीमा कार्यरत कर्मचारीका अनुसार कार्यालयभित्र रहेको लकर फोडेर नगद चोरी भएको हो। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खनले बताएको छ ।