पर्यटकलाई स्वागत, व्यवसायीलाई सम्मान

पर्यटकलाई स्वागत, व्यवसायीलाई सम्मान
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : ४४ औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन व्यवसायी एवं कम्पनीलाई सम्मान गरिएको छ। अघिल्लो वर्ष पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने सात कम्पनी र दुई पर्वतारोहीलाई सम्मान गरिएको हो। नेपाल वायु सेवा निगम सबैभन्दा धेरै ८ करोड ४५ लाख ९ हजार ९ सय ३७ अमेरिकी डलर आर्जन गरेर मन्त्रालयबाट सम्मानित भएको छ। एयरलाइन्स कम्पनी शीर्षकअन्तर्गत नेपाली ध्वजावाहक निगम सम्मानित भयोे।

सम्मान पाउने पर्वतारोहण र ट्रेकिङतर्फ सेभेन समिट टे«क्स कम्पनी रहेको छ। सन् २०२२ को अगस्टदेखि २०२३ को अगस्टसम्म ४३ हजार २२ हजार ६४ अमेरिकी डलर आर्जन गर्न सफल भएको छ। ट्राभल तथा टुर्सअन्तर्गत सीता वल्र्ड ट्राभल नेपाल रहेको छ। कम्पनीले एम वर्षको अवधिमा ३३ लाख ६१ हजार १ सय ३६ अमेरिकी डलर विदेशी मुद्रा आर्जन गरेको छ।

होटल तथा रिसोर्ट शीर्षकअन्तर्गत एभरेस्ट हस्पिटालिटी एन्ड होटल र लुम्बिनी ग्रिन रिसोर्ट, कपिलवस्तु सम्मानित भएको छ। एभरेस्ट होटलले ५० लाख ४१ हजार २ सय ३७ अमेरिकी डलर आर्जन गरेको छ। लुम्बिनी ग्रिन रिसोर्टलाई २२ बिघामा कृषि फार्म र तीन बिघामा रिसोर्ट सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, माछा, तरकारी, सागपात, कुखुरापालन गरी एग्रो टुरिजमलाई विकास प्रवद्र्धन गरेकोमा सम्मानित गरिएको उल्लेख छ। 

साहसिक खेल सञ्चालक कम्पनी पोखरा अल्ट्रालाइट सम्मानित भएको छ भने कम्पनीले ४४ हजार ३ सय ८८ अमेरिकी डलर आर्जन गरेको छ। होमस्टेमा भने अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे, कावासोती नवलपरासी सम्मानित भएको छ। संस्कृति संरक्षण, पर्यापर्यटन ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्न योगदान गरेकोमा सम्मान गरिएको जनाइएको छ।  विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल ९२ दिनभित्रमा आरोहण गरी कीर्तिमान कायम गर्ने  पर्वतारोहीद्वय नर्वेका आरोअी क्रिस्टिन हरिल्ला र संखुवासभाका लामा तेन्जन शेर्पा सम्मानित भए।

ठोरीवासीको आक्रोश

मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको पर्साको ठोरीमा ४४औं विश्व पर्यटन दिवस मनाइएको छ। ठोरी गाउँपालिका–२ राइधारास्थित गणेशमान पार्कमा विश्व पर्यटन दिवस मनाइएको हो।

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीलाई संघीय सरकार र प्रदेश सरकारले बारम्बार झुक्याइरहेको गुनासो गरे। उनका अनुसार गत वर्ष तत्कालीन सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीमा आएर विभिन्न योजनाको शिलान्यास गरेका थिए। ठोरीमै मधेस सरकारको मन्त्रिपरिषद्को बैठक बसेर यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने भनेको थियो। पर्यटन विकासका लागि १० करोड रुपैयाँ बजेट दिने निर्णय पनि उसले गरेको थियो। 

तर ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको डेढ वर्ष बितिसक्दा पनि प्रदेश सरकारले बजेट विनियोजन गर्न नसक्नु विडम्बना भएको उनले सुनाए। उनले भने, ‘यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश रिजाल अहिले संघीय सरकारको उद्योगमन्त्री बनेका छन्। अब भने केही आशा पलाएको छ।’

कार्यक्रमका वक्ताहरूले प्रदेश सरकारले ठोरीलाई झुक्याएकोमा आक्रोश पोखे। ठोरीमा राईधारा, रानीवन, गणेशमान पार्क, मनमोहनपार्क, सहिदपार्क, सीतागुफा, सेतो भीर, रातो डाँडा, पानीघट्ट, स्टोन पार्क, बौद्ध स्तूप, झरनालगायतका पर्यटकीय गन्तव्य छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.