८ वर्षपछि ढल्केवरमा मालपोत कार्यालय स्थापना हुँदै

८ वर्षपछि ढल्केवरमा मालपोत कार्यालय स्थापना हुँदै
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको ढल्केवरमा मालपोत कार्यालय स्थापना हुने निश्चित भएको छ। नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रामकुमार महतोको विशेष पहल र निरन्तरको सक्रियताले ढल्केवरमा मालपोत कार्यालय सञ्चालनमा आउने निश्चित भएको हो।

लामोसमयदेखि ढल्केवरमा नापी र मालपोत सञ्चालनको प्रयासमा लागेका महतो नेतृत्वको नेपाल सद्भावना पार्टी केही महिनाअघि मात्रै नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गरेपछि उनले फेरि नापी कार्यालय सञ्चालन र मालपोत कार्यालय स्थापनाको लागि पहल थालेका थिए। आफ्नै पार्टीको अध्यक्ष भूमी व्यवस्था मन्त्री भएपछि निर्णय कार्यान्वयन गराउन सजिलो भएको उपाध्यक्ष रामकुमार बताउँछन्।

२०७२ असोज १४ मा नेपाल सरकार मन्त्रिपरिषदको बैठकले धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सोहीअनुसार २०७३ माघमा ढल्केवरमा नापी कार्यालय स्थापना गरियो। मालपोत कार्यालय स्थापना भने भएन। त्यसैको बहानामा नापी कार्यालय स्थापना भएको ७ वर्ष पुग्नैलाग्दा पनि कार्यालयको कामकाज सुरु हुनसकेको छैन।

नापी कार्यालय सञ्चालन र मालपोत कार्यालय स्थापनाको लागि गत भदौ २८ गते उपाध्यक्ष महतोकै अगुवाईमा मिथिला उद्योग वाणिज्य संघका उपाध्यक्ष सन्तोष कुमार महतो, ढल्केवर विकास संघर्ष समितिका संयोजक फुलगेन मगही, स्थानीय पत्रकार र व्यापारीहरू सम्मिलित टोली काठमाडौं पुगेर भूमी व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले ढल्केवरमा मालपोत र नापी कार्यालय सञ्चालनको निर्णय फास्ट ट्र्याकमा कार्यान्वयनमा ल्याउने अश्वासन दिँदै उनले त्यस काम गराउने सम्बन्धी सम्पूर्ण जिम्मेवारी पार्टी उपाध्यक्ष महतोलाई नै दिएकी थिइन्।

मालपोत कार्यालय स्थापना गर्न मन्त्रालय र भूमी व्यवस्था तथा अभिलेख विभागबाट हुने सम्पूर्ण काम सकिएको उपाध्यक्ष रामकुमार महतो बताउँछन्। योसँगै ढल्केवरमा मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णय झण्डै ८ वर्षपछि कार्यान्वयमा आएको हो। सोमबार ढल्केवर मालपोत कार्यालय सञ्चालनका लागि मालपोत कार्यालय जनकपुरबाट मालपोत अधिकृत सिंहलाल स्याङबालाई खटाइएको पत्र पनि विभागबाट आफूले बुझिसकेको महतोले बताए। 

महतोले विभागबाट बुझेको पत्र मंगलबार मालपोत कार्यालय जनकपुर पुगेर अधिकृत स्याङबालाई हस्तान्तरण गरेका छन्। ‘ढल्केवर मालपोतमा खटाइएको पत्र स्याङबा सरलाई मंगलबार बुझाएका छौं। कार्यालय स्थापनाका लागि यथासक्दो चाँडै काम अघि बढाइदिन हामीले अनुरोध पनि गरेका हौं। उहाँ सकारात्मक हुनुहुन्छ। सम्भवत छिट्टै उहाँले यहाँबाट कामकाज सरु गर्नुहुन्छ,’ महतोले अन्नपूर्णसँग भने, ‘निर्णय कार्यान्वयनमा अब कुनै कठिनाई हुँदैन । अब सहज ढंगले काम अघि बढ्छ ।’

नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष महतोले यसअघि तत्कालिन भूमी व्यवस्था मन्त्री लक्ष्मणलाल कर्णलाई पनि ढल्केवर नापी मालपोतको विषयलाई लिएर ज्ञापनपत्रसहित ध्यानाकर्षण गराएका थिए । महतो र मन्त्री कर्ण त्यतिबेला एउटै पार्टीमा भएपनि १८ दिनमै मन्त्री पदबाट कर्ण पदमुक्त भएपछि कार्यान्वयन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

यसपटक भने ढल्केवर मालपोत कार्यालयका लागि मालपोत अधिकृत खटाइएसँगै अब कार्यालय स्थापना र सञ्चालनको निर्णय कार्यान्वयनमा कुनै शंकाउपशंका नरहेको महतो बताउँछन् । कर्मचारीको दरबन्दी सृजना, तलब व्यवस्थापन, घरभाडा र कार्यालय व्यवस्थापनका लागि बजेट विनियोजनको सम्पूर्ण काम भइसकेको उनले बताए। ‘कार्यालय स्थापना तथा सञ्चालनका लागि अब इफ र बट चल्दैन। निर्णय कार्यान्वयनमा आइसकेको छ। सरासर काम अघि बढ्छ,’ महतोले भने।

यस अभियानमा मिथिला उद्योग वाणिज्य संघ, मिथिला ब्याडमिन्टन क्लबलगायतका संघसंस्थाका युवाहरुको असिम सहयोग पाएको महतोले बताए । ‘उहाँहरुकै सहयोग र हौसलाले अभियानमा लाग्न मलाई ऊर्जा बढाएको थियो। विशेषत उद्योग वाणिज्य संघका उपाध्यक्ष सन्5तोषजीप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु,’ महतोले भने ‘उहाँको सहयोग सम्मानयोग्य छ। ढल्केवर विकास संघर्ष समितिको टोलीलाई पनि धन्यवाद।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.