बड्कुलेबासीलाई निःशुल्क खानेपानी

बड्कुलेबासीलाई निःशुल्क खानेपानी
सुन्नुहोस्

हेटौंडा : स्थानीय स्तरमा सञ्चालनमा रहेको खानेपानी आयोजनाबाट दैनिक जीवन यापनका लागि महँगो शुल्कमा पानीको प्रयोग गर्दै आएका हेटौंडा-१८ बड्कुलेका बासिन्दाले निःशुल्क खानेपानी पाउने भएका छन्। २०४८ सालबाट सञ्चालन भएको मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत खानेपानीको प्रयोग गर्दै आएका बड्कुलेका १०५ घराका बासिन्दाले १० हजार लिटर पानी प्रयोगबापत ६ सय ४० रुपैयाँ तिर्दै आएका थिए।

महँगो शुल्कमा पानीको उपभोग गर्दै आएका स्थानीयलाई नियमित पानी दिन समितिलाई आर्थिक भारका कारण समस्या पर्दै गएपछि १८ नम्बर वडा कार्यालयमार्फत् खानेपानीको महसुल भुक्तान गरिएको थियो। महसुल भुक्तान गरेसँगै बिहीबार खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ। बोर्डलाई हस्तान्तरण गरेसँगै बड्कुलबासीले १० हजार लिटरसम्म पानी निःशुल्क पाएका छन्।

हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रमा खानेपानी बोर्डमार्फत् जडित धाराबाट पानीको उपभोग गर्नेलाई १० हजार लिटरसम्म पानी निःशुल्क उपलव्ध गराएसँगै उपमहानगरबासीहरूले पानी निःशुल्क पाउने भएका हुन्। तोकिएभन्दा बढी पानी उपभोग गरेमा महसुल लाग्ने बताइएको छ। हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले नगरबासीलाई पानीको सुविधाबाट वञ्चित नगराउने उद्देश्य अनुरुप काम भइरहेको बताइन्। सरकार भएको अनुभूति दिलाउँदै नागरिकलाई दायित्व बोध गराउँदै जिम्मेवारी दिने तयारीअनुसार अघि बढिरहेको उनको भनाइ छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.