एमाले कर्णाली प्रदेशको अध्यक्षमा पाँच जनाको उम्मेद्‍वारी

एमाले कर्णाली प्रदेशको अध्यक्षमा पाँच जनाको उम्मेद्‍वारी
सुन्नुहोस्

वीरेन्द्रनगर : नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेका नेता मीनबहादुर शाही, गुलाबजंग शाह, प्रेमबहादुर सिंह, राजबहादुर शाही र प्रकाश रोकायाले प्रदेश अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। 

अध्यक्षमा उम्मेद्वारी दर्ता गराउने मीनबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकाया कालिकोटका हुन्। गुलाबजंग शाह सल्यान र राजबहादुर शाही दैलेखका हुन्। त्यस्तै उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ भने सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको उम्मेदवारी परेको छ।
उपसचिव खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ भने समावेशीतर्फ मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ।

त्यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार धेरै उम्मेद्वारी परेका सबै पदमा फिर्ता लिनका लागि शनिबार बिहान ८:३० बजेसम्मका लागि समय तोकिएको छ। शनिबार दिउँसो १२:३० बजेबाट मतदान हुने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.