सहमतिको मसी सुक्न नपाउँदै फेरि चिकित्सकमाथि आक्रमण

सहमतिको मसी सुक्न नपाउँदै फेरि चिकित्सकमाथि आक्रमण
तस्बिर : अन्नपूर्ण

काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको छ। आइतबार बिहान ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा.मनिष खड्कामाथि आक्रमण भएको हो।

बिरामीलाई समयमै जाँच नगरेको भन्दै बिरामीका आफन्तले डा.खड्कामाथि हेलमेट प्रहार गरेका हुन्। डा.खड्कामाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।

थप जाँचका लागि सिनियर डाक्टर आउँदै हुनुहुन्छ भन्दाभन्दै बिरामीका आफन्तहरूले उपचारमा ढिलाइ गरेको भन्दै आक्रमण गरेको डा.खड्काका सहकर्मीले बताएका छन्।

बिरामीको उपचारमा खटिएका आफ्ना सहकर्मीमाथि आक्रमण भएपछि अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरू विरोधमा उत्रिएका छन्। उनीहरू अस्पताल अगाडि सडकमा प्रदर्शन गरिरहेका छन्।

उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण भएपछि लामो समयदेखि आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच शनिबार मात्रै सहमति भएको थियो। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ  र आन्दोलित चिकित्सकबीच ६ बुँदे सहमति भएको थियो।

सहमतिको  मसी सुक्न नपाउँदै फेरि आज चिकित्सकमाथि आक्रमण भएको हो। 

यसअघि पोखराको मणिपाल अस्पताल,हेटौडाको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण भएको थियो। बिरामीकै उपचारमा खटिएका चिकित्सकमाथि पटकपटक आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै उनीहरू आन्दोलित बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.