प्रधानमन्त्री प्रचण्डले चीनसँग महत्त्वपूर्ण विषयमा छलफल गर्न सकेनन् : योगेश भट्टराई

प्रधानमन्त्री प्रचण्डले चीनसँग महत्त्वपूर्ण विषयमा छलफल गर्न सकेनन् : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण विषयमा छलफल नै हुन नसकेको बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले बीआरआईलगायतका सम्झौता कार्यान्वयनका महत्त्वपूर्ण विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल नै हुन नसकेको बताएका हुन् । 

उनले नेपालप्रति चीनका कतिपय आशंकाहरुलाई पनि प्रधानमन्त्रीको भ्रमणले विश्वास दिलाउन नसकेको जिकिर गरे । अहिलेको विश्व परिवेशको द्वन्द्वमा नेपाल फस्न नहुने र नेपालले पनि त्यही अनुसार देशहरुसँग सम्झौता गर्नुपर्ने उनको भनाइ छ । ..

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले चीनले प्रकाशित गरेको नक्सामा प्रधानमन्त्रीले बोल्न नसक्नु उचित नभएको बताए । प्रधानमन्त्रीले आर्थिक र वातावरणसम्बन्धी मुद्धा उठाएको र राजनीतिक मुद्धामा अलि सजक भएको हो की भन्ने महशुस भएको उनको भनाइ छ । 

त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जवाफ दिएपछि सांसदहरुको प्रश्न राख्न पाउनुपर्ने बताए। उनले अहिलेको संसद सञ्चालन प्रभावकारी नदेखिएको टिप्पणी गरे । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.