बागमती प्रदेश सभा : सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमाथि छलफल

बागमती प्रदेश सभा : सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमाथि छलफल
फाइल तस्बिर।

हेटौंडा : बागमती प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । आइतबार प्रदेश सभाको बैठकमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले विधेयकमाथि सैद्धान्तिक छलफल होस् भनी संसद्मा प्रस्ताव टेबुल गरेका थिए । प्रदेश सभाको आज साँझ बसेको दोस्रो बैठकमा सो विधेयकमाथि छलफल भएको हो । 

प्रदेश सभा सदस्यहरु क्रमश, रमा आले मगर, सुरेन्द्रराज गोर्साइँ, सृजना सैंजू, मधुसुदन प्रसाद पौडेल, बसन्त मानन्धरलगायतले विधेयकमाथि आ–आफ्नो धारणा राखेका थिए । 
छलफलको क्रममा प्रदेश सभाका सदस्यहरुले सरकारद्वारा प्रस्तुत गरिएको सो विधेयक प्रशंसनीय रहेको भन्दै प्रदेशको अन्य जिल्लामा रहेका सुनुवार, जिरेल र मगर भाषालाई पनि उत्थान गर्नुपर्ने बताए । उनीहरुले नेवारी परम्परा अनुसारको जात्रा पर्वलाई सम्पदा सूचीमा संरक्षण गर्नेतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने उल्लेख गरे । 

प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री महर्जनले सरकारले संघीयताको आधार स्वरुप प्रदेश सरकारले दीर्घकालिन भाषिक विकासको लागि पहिलो चरणमा नेवारी र तामाङ भाषालाई प्राथमिकता दिएर कार्यान्वयनमा ल्याउन लागेको बताए । 

उनले प्रदेशको विभिन्न जिल्लामा रहेका आदीवासी जनजाति, दलितहरुको पनि मातृभाषासहितको भाषिक विकासको लागि क्रमशः विधेयकहरु प्रस्तुत गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.