महंगीविरुद्ध वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

महंगीविरुद्ध वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

वीरगन्ज : इन्धनलगायत दैनिक उपभोग्य वस्तुमा दिनहुँ भइरहेको मूल्य वृद्धिविरुद्ध वीरगन्जमा जनमत पार्टीले प्रदर्शन गरेको छ। जनमत पार्टीका युवा, विद्यार्थी र महिला नेता कार्यकर्ताले घण्टाघर चोकमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी जनमतका नेता कार्यकर्ताले मुल्यवृद्धि बन्द गर, जनताको डाढ सेक्न पाइँदैन, नेपाल सरकार खबरदार लगायतका नारा लगाएका थिए। null

प्रदर्शनपछि घणटघर चोकमै आयोजित कोणसभामा बोल्दै जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले प्रचण्ड नेतृत्वको सरकार जनतामारा साबित भइरहेको बताए । आम सर्वसाधारण जनता र मजदुरको काम नपाएर आम्दानी घट्दै गएको र युवाहरुको रोजगारी खोसिदै गएको बेला सरकारले दैनिक उपभोग्य वस्तुमा दिनहुँ मुल्यवृद्धि गरेर जनतामारा काम गरिरहेको उनको भनाई छ।

मूल्यवृद्धि तत्काल नरोकिए जनताको साथ लिएर जनमत पार्टी सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत उनले दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.