५० शैयाको जाजरकोट अस्पतालको उद्घाटन, विशेषज्ञ चिकित्सक आउन नमान्दा उपचारमा समस्या

५० शैयाको जाजरकोट अस्पतालको उद्घाटन, विशेषज्ञ चिकित्सक आउन नमान्दा उपचारमा समस्या

जाजरकोट : जिल्ला अस्पताल जाजरकोटको नवनिर्मित ५० शैय्याको भवन निर्माण भएको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले आइतबार जाजरकोट सदरमुकाम खलंगास्थित थाप्लेचौरमा निर्मित सुविधा सम्पन्न अत्याधुनिक भवनको उद्घाटन गरेका हुन्। 

१५ शैयाबाट २०७२ सालमा यो अस्पताल ५० शैयामा स्तरोन्नति भएको थियो। सरकारले पछिल्लो समयमा ५० शैय्याको मापदण्ड अनुसार भवन बनाएपनि जनशक्ति भने अझै पठाउन सकेको छैन। यो अस्पतालमा ७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको छ तर हाल सम्म एक जना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी, वेहोसपार्ने, सर्जन र कन्सल्टेन्ट डाक्टर अहिले सम्म आएका छैनन्। एक जना एमडीजीपी, ५ जना मेडिकल अधिकृत र अन्य जुनियर स्वास्थ्यकर्मीले अस्पताल चलाइरहेका छन्। सामान्य रोगका विरामीको पनि उपचार हुन नसक्दा अस्पताल रेफर सेन्टर जस्तै बनेको छ। सामान्य रोगको उपचारका लागि पनि विरामीहरुले चौरजहारी, सुर्खेत, नेपालगञ्ज र काठमाडौं जानुपर्ने बाध्यता छ।

तर यी सबै बाध्यता हट्ने गरी काम गर्ने मन्त्री बस्नेतले बताए। ‘हामीले भौतिक पुर्वाधार बनायौं अब हामी जनशक्ति व्यस्थापनको काममा लाग्छौं।’मन्त्री बस्नेतले भने–‘स्वास्थ्य मन्त्री र सचिवसँग कुरा भएको छ। फेरी पनि म काठमाडौं फर्केपछि कुरा गर्छु। विशेषज्ञ चिकित्सक र आवश्यक उपकरणका लागि तत्काल पहल गछौं। यसै अस्पतालबाट भरपर्दो सेवा दिने गरि काम गर्छौं। म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु।’null

उद्घाटन कार्यक्रममा संघिय प्रतिनिधि सभा सदस्य मैना कार्की रावलले अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरिन्। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले संघिय सरकारसँग समन्वय गरेर जाजरकोट जिल्ला अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको व्यवस्थापन गरिने बताए। उनले जाजरकोट अस्पताललाई कर्णालीकै नमुना अस्पताल बनाउन सवै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक प्रतिक्षा भारती र अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंहले अस्पतालमा रहेका समस्या र प्रगति पेश गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.