वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख बढी रकम चोरी

वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख बढी रकम चोरी

वीरगन्ज : वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ। 

बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। 

उनका अनुसार सोमबार बिहान ८.४५ बजेतिर बैंकका सुरक्षा गार्ड बैंकमा पुग्दा मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएको देखेपछि बैंकका शाखा प्रबन्धक पवन पौडेललाई फोन गरेर खबर गरेका थिए। पौडेलले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले मूल गेटमा लगाइएको नयाँ ताल्चा फोडेर भित्र प्रवेश गर्दा बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। 

बैंकभित्र टिनको बाकसभित्र राखिएका १ सय र २० दरका नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थापाले बताए। उनले भने, ‘चोरहरूले टिनको बाकस वेल्डिङ गर्ने मेसिनले काटेर रकम झिकेर लगेको अवस्था देखिन्छ। बैंकको तिजोरी (भल्ट) भित्र पनि अझ धेरै रकम थियो। तर, त्यो तिजोरी भने सुरक्षित थियो।’

थापाका अनुसार नबिल बैंकको उक्त शाखामा रातिको समयमा सुरक्षा गार्ड पनि बस्दैनथे। राति सुरक्षा गार्डसमेत नभएको मौका छोपेर चोरहरूले बैंकमा पसेर चोरी गरेको उनले बताए।  

प्रााम्भिक अनुसन्धानका क्रममा सीसीटीभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चार पाँच जनाको संख्यामा रहेका चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको देखिएको थापाले जानकारी दिए। रकम चोरेर बैंकबाट बाहिर निस्कने बेला चोरहरूले मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएर हिडेको पनि देखिएको थापाले बताए। 

मंगलबार बैंकका शाखा प्रमुख पौडेलले बैंकमा चोरी भएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा जोहेरी दिएको जानकारी पनि थापाले दिए। घटनाको खबर पाएलगत्तै प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको उनले बताए। 

बैंकमा चोरीको घटना आइतबार राति नै भएको भए पनि यसबारे जानकारी लिन सोमबार प्रयास गर्दा प्रहरीले जानकारी दिन मानेको थिएन। मंगलबार शाखा प्रबन्धक पौडेलले जाहेरी दिएपछि मात्र प्रहरीले बैंकमा भएको चोरीको घटनाबारे जानकारी दिएको हो। 

बैंकमा आइतबार राति चोरी भएपछि सोमबारदेखि नै बैंकको कारोबार बन्द गरिएको छ। सोमबार विहान बैंकले सूचना टाँसेर कारोबार बन्द गरिएको जानकारी गराएको थियो। बाइपासमा नबिल बैंकको शाखा गत जेठ १८ स्थापना गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.