गान्धी–शान्तिको सान्दर्भिकता
गान्धीजीमा जीवन यात्राका मुख्यकडी मानवीय मूल्यमान्यता, स्वतन्त्रता तथा देशप्रेम रोमरोममा प्रवाहित भएको पाइन्छ।
मोहनदास करमचन्द गान्धीले जीवनमा के त्यस्तो कर्म गर्नुभयो कि उहाँ विश्वले मानेको ‘महात्मा’ हुनुभयो ? यस प्रश्नको उपयुक्त उत्तरको खोजीमा सर्वप्रथम कर्मलाई केले डोहोर्याउँछ ? यस जड प्रश्नमा प्रवेश गर्नुपर्ने हुन्छ। मानिसका कर्म आधारभूत रूपमै उसको जन्म, संस्कार, सोचविचार, वातावरण, ज्ञान, साधना तथा जीवन दर्शन इत्यादिबाट डोहोर्याइएका हुन्छन्। यसरी गहिराइमा पुगेर गान्धीजीलाई बुझ्न कर्म चेतनासँगै विस्तारित उहाँको विचारपद्धति तथा चिन्तन जगत् बुझ्ने चेष्टा गर्नुपर्ने हुन्छ। भारतको पोरबन्दरमा सन् १८६९ अक्टोबर २ मा जन्मनु भएका उहाँ सत्य ईश्वर भएको ठान्नुहुन्छ।
गान्धीजी भन्नुहुन्छ, ‘मेरो विश्वासमा सत्य नै ईश्वर हो। सोही ईश्वर वा सत्यको साधनामा बितेको मेरो जीवन खुल्ला पुस्तक हो। सत्य साधनाको मुख्य माध्यम सत्याग्रह र अहिंसा नै हुन्। अहिंसा नै यस्तो बाटो हो, जसबाट ईश्वरसँग साक्षात्कार हुन सकिन्छ। हिंसा र लोभले मानिसलाई विनाशको बाटोमा लैजान्छ। मानिसले घृणालाई प्रेमले र हिंसालाई अहिंसाले जित्न सक्नुपर्छ। परिवर्तनका लागि साधन र साध्य दुवै शुद्ध हुनुपर्छ।’ जैन परिवारमा जन्मेहुर्केका पूर्वीय अध्यात्म दर्शनबाट अत्यन्त प्रभावित एवं पश्चिमी मूल्य मान्यतासँग पनि सुपरिचित गान्धीजीका उल्लेखित सोचविचार कतिसम्म जन्म, धर्म, संस्कार, अध्ययन तथा अटुट सत्य साधनाका उपज हुन् ? यो भने अझै विस्तृतरूपमा एक—एक केलाएर गहन शोधखोज हुँदै रहनुपर्ने विषय देखिन्छन्।
गान्धीजीमा सोही सत्य साधनामुखी जीवन यात्राको एउटा मुख्य कडीका रूपमा मानव जाति, मानवीय मूल्यमान्यता, स्वतन्त्रता तथा आफ्नो देशप्रति प्रेम रोमरोममा प्रवाहित हुने गरेको पाइन्छ। यी सबै यस्ता भावनात्मक कुरा हुन् जुन कि व्यक्ति जीवनमा जे जस्तो परिस्थितिबाट गुज्र्र्र्र्रन बाध्य हुन्छ, तिनै अनुभव तथा प्रभावस्वरूप ती यथासमयमा प्रकट हुने गर्छन् भन्ने मान्यता रहन्छ। जस्तो कि गान्धीजीका हकमा लन्डनमा कानुनको पढाइ सकी बम्बै फर्कंदा त्यहाँका एक व्यापारी फर्र्मका तर्फबाट वकिलका हैसियतमा सम्पन्न एक वर्षको सम्झौताअनुसार सन् १८९३ मा दक्षिण अफ्रिका जानुपर्ने जुन अवस्था उपस्थित भएथ्यो, हो त्यो क्षण नै एक किसिमले उहाँको भावी जीवनरेखा वा गन्तव्य कोर्ने एउटा बलियो आधार बन्न पुगेछ भनेर यसरी पनि अथ्र्याउन सकिन्छ।
यस भनाइको मतलव गान्धीजीलाई यदि दक्षिण अफ्रिका जान नपर्दो हो त अथवा त्यहाँ पटकपटक रंगभेद नीति विरोधका कारण किसिम किसिमका कडा मार तथा अपमान व्यहोर्न नपर्दो हो त, अथवा भारतीयलगायत अन्य देशका आप्रवासीका हकहितका खिलाफमा ल्याइएको कालो कानुनविरुद्ध दशकौं लामो अवधिको सत्याग्रह प्रारम्भ तथा नेतृत्व गर्र्दैं समयसमयमा दायर मुद्दाबापत थुनामा रहन नपर्दो हो त अथवा दक्षिण अफ्रिकामा व्यापक जनसहभागितापूर्ण सत्याग्रहको अनुभव हासिल गर्न नपाएको हुँदो हो त यस स्थितिमा स्वदेशको स्वतन्त्रता संग्राममा गान्धीजीको भूमिका के कस्तो हुन्थ्यो होला ? इत्यादि पनि शोधखोजका गतिलो विषय हुन सक्छन्।
गान्धीले जीवनमा के त्यस्तो कर्म गर्नुभयो कि उहाँ विश्वले मानेको ‘महात्मा’ हुनुभयो ? यस प्रश्नको उपयुक्त उत्तारको खोजीमा सर्वप्रथम कर्मलाई केले डोहोर्याउँछ ? भन्ने हो।
जे होस्, रंगभेदी शासनबाट हुने गरेका शोषण, दमन, अचाक्लीविरुद्ध ‘नाटल कांग्रेस’ नामक संगठन गठन गरी यसैमार्फत पीडित जनसमुदाय व्यापक मात्रामा परिचालित ‘सत्याग्रह’को नेतृत्व गर्दै जे जस्तो असाधारण अनुभव, सद्भावना तथा हिम्मत दक्षिण अफ्रिकामा गान्धीजीले हासिल गर्नु भएथ्यो। इतिहास निर्माणको यस घडीलाई सारा विश्वले नै जसप्रकार मानव समुदायकै पहिलो सत्याग्रहका रूपमा ग्रहण गर्दै विराट अभिनन्दन गरेथ्योे, यस्तो पृष्ठभूमिमा भएको गान्धीजीको स्वदेश प्रत्यागमनसँगै देशमा विदेशी शासनविरुद्ध चलिरहेको आन्दोलनमा नवरक्त सञ्चार हुने आशा देशवासीका मनमनमा जागृत हुनु अस्वाभाबिक थिएन। नभन्दै गान्धीजीले आफू फर्कंदा पानीजहाज यात्राकालमा लेखी ल्याउनु भएको ‘हिन्द स्वराज’ नामक पुस्तकमा अन्तरनिहीत सन्देश वा योजना देशको कुनाकाप्चासम पुगोस् र आफ्नो अनुभव तथा विश्वासको शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहमुखी आन्दोलनले जोड पक्रोस् भनेर आफूलाई बिल्कुलै भिन्न किसिमले जसप्रकार जनसमक्ष प्रस्तुत गर्न थाल्नु भएथ्यो, त्यसको प्रभाव क्रमशः देशभर विद्युत् गतिमा फैलिनु स्वाभाविकै थियो।
नभन्दै चप्पल धोतीजस्तो सरलतम् पहिरनमा, तेस्रो दर्जाको टिकटमा अविश्राम रेल यात्रामा, आमजनताले बुझ्ने सरलतम् भाषामा सम्बोधन वा संवादजस्ता माध्यम अनुसरण गर्दै विदेशी हैकमविरुद्ध आमजनताको मन छुने नामक आन्दोलन, विदेशी वस्त्र बहिष्कार आन्दोलन, चर्खा (खाडी आन्दोलन तथा भारत छोडोजस्ता कल्पनातीत संख्यामा जनसहभागितामय शान्तिपूर्ण आन्दोलनको तागतमा सबको मान्यताको गान्धीजीको नेतृत्वमा अहिंसात्मक क्रान्तिको एक उत्कृष्ट नमुना सन् १९४७ सालमा भारतमा विश्वले जुन देखेथ्यो र त्यसमा युद्धपीडित यस संसारमा मानवमात्रका पक्षमा शान्ति र विकासको बिज पनि जुन रामैसँग पहिचान गरेथ्यो, त्यसैको प्रतिफल हो कि संयुक्त राष्ट्रसंघले अक्टोबर २ मा पर्ने गान्धी जन्मदिनमा अहिंसा दिवस मनाउने आह्वान गर्दै विश्वमा अहिंसाप्रति जनता जागृत गर्ने जुन स्तुत्व काम गरेको छ, त्यो हामीले पनि अनुशीलन गर्नुपर्ने तथा साँचो अर्थमा गर्वको विषय पनि हो।
‘हिन्द स्वराज’ शीर्षकको विदेश स्वतन्त्रता आन्दोलनलाई ‘हिन्द स्वराज’ शीर्षकको कृतिमात्र तयार गर्नु भएनछ, यसमा समावेश गरिएका ‘जस्ता बुँदाबारे अगाध विश्वासआर्जन शान्तिपूर्ण अहिंसात्मक आन्दोलनका माध्यमबाट देशव्यापी जनपरिचालनको गर्दै कहिल्यै सूर्य नअस्ताउने भन्ने गरिएको परम शक्तिशाली उपनिवेशी राष्ट्र ग्रेट ब्र्रिटेनको परतन्त्री शासन अन्त्य गर्ने दिशामा अग्रणी भूमिका मात्र निर्वाह गर्नु भएन, अझ महत्त्वपूर्ण नजिरकै रूपमा अहिंसाको तागत, उपादेयता, न्यूनतम क्षति तथा अधिकतम लाभ विश्वले देख्नेगरी मानव मात्रलाई चकित पारिदिनुभयो। बिनाकडा हिंसात्मक कारबाही विदेशी शासन ढल्दैन भन्ने सोचमा पुगिरहेको भारतीय स्वतन्त्रता संग्रामलाई अक्षरशः अहिंसा पथमा फर्काइ प्राप्त अद्भुत सफलताको श्रेय उहाँले दाबी गर्दा नगर्दै पनि न्यायस्वरूप भन्नु बेस होला कि ? विश्वले त्यसको प्रमुख श्रेय गान्धीजीलाई नै दियो।
जैन परिवारमा जन्मेहुर्केका, पूर्बी आध्यात्मिक दर्शनबाट अत्यन्त प्रभावित एवं पश्चिमी मूल्य मान्यतासँग पनि सुपरिचित गान्धीले त्यो साध्य सत्य सिद्धि मार्गमा सत्याग्रह र अहिंसालाई प्रधान साधन बनाएर यिनको प्रयोग प्रथमतः दक्षिण अफ्रिकामा र त्यहाँबाट फर्केपछि स्वदेश भारतमा बेस्सरी गर्नुभयो। यसैक्रममा सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट विशेषगरी उहाँकै विश्वासको सत्याग्रह र अहिंसाको प्रभावकाारी सन्देश तथा देशव्यापी जनपरिचालनमार्फत माध्यमबाट भारत स्वतन्त्र भएपछि विश्व आकर्षण र स्वावासीको।
विश्व अहिंसा दिवस मत–मतान्तर