एमाले कर्णाली अधिवेशन : मतगणना सुरु

एमाले कर्णाली अधिवेशन : मतगणना सुरु

वीरेन्द्रनगर : नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन गर्नका लागि भएको मतदानको मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि मध्यान्ह १२ बजेबाट मतगणना गर्न थालिएको हो ।

एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो । कुल ६ सय १६ मतदातामध्ये ६ सय ९ मतदाताले मतदान गरेका थिए । 

एमालेको प्रदेश कमिटी अध्यक्षका लागि नेता मीनबहादुर शाही, गुलावजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा उत्रिएका छन्। जसमा शाही गोरख बोगटी समूह, शाह यामलाल कंडेल समूह र रोकाया स्वतन्त्र उम्मेद्वार हुन्। एमालेका नेता प्रेमबहादुर सिंह, राजबहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दिएपनि फिर्ता लिने समयमा फिर्ता लिइसकेका थिए। 

यस्तै प्रदेश कमिटीको उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतरा चुनावी प्रतिस्पर्धामा छन्। सचिवमा रुद्रबहादुर शाही र ध्रुवबहादुर शाही, उप–सचिव खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, धिरेन्द्रराज गिरी, तेजकुमार विक, उप–सचिव महिलामा मेनका पछाइ र पद्मा खड्का उम्मेदवार बनेका छन्। 

यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाले उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.