प्रतिनिधि सभाको बैठक बस्दै, आज ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठक बस्दै, आज ओलीले सम्बोधन गर्ने
फाइल तस्बिर।

काठमाडौं : प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। मंगलबार दिँउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले सम्बोधन गर्न लागेका हुन्।

सभामुख सचिवालयका अनुसार आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय मागेका हुन्।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिका र चीन भ्रमणमा भएका गतिविधिको जानकारी गराएका थिए।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८०” पेश गर्ने कार्यसूची छ।

सरकारले संसदमा प्रभावकारी बनाउन बिजनेस दिन सकिरहेको छैन। सांसदहरुले संसदलाई बिजनेस दिन सरकारसँग माग गरिरहेका छन्। धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको उनीहरुको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.