सचिवमा पौडेल र रिजालको टक्कर

एमालेको उपत्यका विशेष प्रदेश अधिवेशन : पराजुली दोहोरिने दाउमा, उपाध्यक्ष कार्की पनि अध्यक्षको दाबेदार

एमालेको उपत्यका विशेष प्रदेश अधिवेशन : पराजुली दोहोरिने दाउमा, उपाध्यक्ष कार्की पनि अध्यक्षको दाबेदार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनमा सकस देखिएको छ। उपत्यका प्रदेशको नेतृत्व लिन नेताहरुले लबिङ तीब्र पारेका छन्।

असोज १९ र २० गते हुने विशेष प्रदेश कमिटीको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्दैछन्। उपत्यका विशेष प्रदेश कमिटीमा २९७ जना प्रतिनिधि चुनिएका छन् भने त्यसको ५ प्रतिशत मनोनित गर्न बाँकी छ। 

अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षमा प्रेम कुमार पराजुली र विदुर कार्कीले उमेदवारी दिने तयारी गरेका छन्। पराजुली पुन : दोहोरिने प्रयत्नमा छन्। उनी वर्तमान कमिटीको अध्यक्ष हुन् भने कार्की उपाध्यक्ष छन्। 

सहमति भए अध्यक्ष र उपाध्यक्ष दोहोरिने सम्भावना रहेको एक नेताले अन्नपूर्णलाई बताए। बागमती प्रदेश सांसद उर्मिला सुनवारसमेत उपाध्यक्षकी आकांक्षी हुन्। उनीआफू सक्षम भएको भन्दै उपाध्यक्षबाट पछि नहट्ने तयारीमा रहेको उनी निकट स्रोतले बताएको छ। 

सचिवमा चिरञ्जीवी पौडेल र चन्द्र रिजालले उमेद्‍वारी दिने तयारी गरेका छन्। सचिवका आकांक्षी पौडेल प्रदेश कमिटी सदस्य तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीका इन्चार्ज हुन्। रिजाल पर्यटन व्यवयासी तथा प्रदेश कमिटीका उपसचिव छन्। 

उपसचिवमा स्मृति लामा, रामजी सापकोटा र मिलन धरेलले उमेद्‍वारी दिने तयारी गरेका छन्। उपत्यका विशेष प्रदेश अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित ९५ सदस्यीय कमिटी चयन गर्नेछ।

एमालेको ७ भुगोल र एक उपत्यका विशेषसहित ८ प्रदेशमा नेतृत्व छनोट भइरहेको छ। जसमा लुम्बिनी, कोशी, बागमती र कर्णालीमा अधिवेशन भइसकेको छ भने गण्डकीमा आज बन्द सत्र जारी छ। 

सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गते अधिवेशन हुँदैछ भने मधेश प्रदेशमा असोज २३ र २४ मा हुने कार्यतालिका छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.