‘सरकारमा मन्त्री हुन मात्रै हामीलाई जनताले छानेर पठाएका होइनन्’

राष्ट्रहित र संविधानविरोधी काममा सरकार लाग्यो : ओली

राष्ट्रहित र संविधानविरोधी काममा सरकार लाग्यो : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहित र संविधान विरोधी काममा सरकार लागेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले  राष्ट्रिय स्वाभिमान र गौरब विरोधि, जनहित विपरित काममा सरकार व्यस्त भएको दाबी गरेका हुन्।

‘अहिलेसम्म प्राप्त गरेका राजनीतिक उपलब्धिहरु समाप्त पार्न र विकास निर्माणलाई अवरुद्ध पार्न, विदेश सम्बन्ध खल्बल्याउन र सम्पूर्ण राज्य प्रणालीलाई विश्रृखलित बनाउन यो सरकार दत्तचित्त भएर लागेको छ।’ओलीले भने, ‘सरकारमा मन्त्री हुनु र पाउनु मात्रै, मन्त्रीमा टाँसिन मात्रै हामीलाई जनताले छानेर पठाएका होइनन्। जनतालाई हामीलाई विश्वास गरेर, मत दिएर, जिताएर पठाउनुको अर्थ हामी जनताका कुरा बौलौं, जनताका पक्षमा उभिऔं, विकासका पक्षका उभिऔं। भ्रष्टाचार र कमिशनतन्त्रका विरुद्ध, देशका पक्षमा उभिन पठाएका हुन्। गन्तव्य चाहिँ मन्त्री मात्र हुन सक्छ ?’

ओलीले सरकारमा बसेर ब्लाकमेलिङ मात्र गरिरहेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.