परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति

परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार इतिहासकै असफल सरकार भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार लोकतन्त्र र संविधान कार्यान्वयनका निम्ति गम्भीर संकट भएको र इतिहासकै असफल सरकार भएको बताएका हुन्।

वर्तमान सरकारले आफ्नो स्वार्थका लागि पटक-पटक संविधान मिच्ने काम गरेको उनले आरोप लगाए। ओलीले सरकारले संसदलाई समेत आफ्नो स्वार्थमा चलाउन खोजिरहेको तर्क गरे। उनले संविधान दिवसका अपराधिलाई आममाफी दिएकोप्रति पनि आपत्ति जनाए। सरकारले राष्ट्रपतिलाई सेरेमोनियल नभई खोपीको देउता बनाएको र आदेश पालना गर्ने परिपालक राष्ट्रपति बनाएको धारणा राखे।

अध्यक्ष ओलीले सरकारको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेको जिकिर गरे। उनले निकै चर्कोसँग खोलिएको ललिता निवासको फाइल बन्द गर्न सरकारलाई पसिना आएको टिप्पणी गरे। सुन काण्डले पनि सरकारलाई हैरान पारेको भन्दै उनले प्रतिपक्षीलाई तर्साउनका लागि विभिन्न प्रकरण ल्याएको बताए। सम्बोधनका क्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियालाई टुंगो लगाउन खोज्दा माओवादीले नै रोकेको आरोप लगाए।

हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर नरहेको भन्दै उनले अगामी मन्त्रिपरिषद्को बैठकले यसलाई फिर्ता लिन माग गरे। ओलीले न्यायालयमाथि पनि गठबन्धनले हस्तक्षेप गरेको जिकिर गरे। ओलीले जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्त गरेको भन्दै सरकारबाट आशा गर्न लायक ठाउँ नै नरहेको बताए। ओलीले मुलुक अफ्ठ्यारो अवस्थामा रहेका बेला प्रधानमन्त्रीले अनावश्यकरूपमा भ्रमण लम्बाएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.