बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। भक्तपुर सूर्यविनायक नगरपालिका -१ का ५१ वर्षीय गोकुल थापालाई नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारे गरेपछि उनी फरार रहेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले पक्राउ परेका थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जानकारी दिए।
पीडित सकुन्तला थापाको जाहेरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको हो।