कर्फ्यूमा शान्त छ नेपालगन्ज

झडपमा घाइते भएका २१ जना उपचारपछि घर फर्किए

झडपमा घाइते भएका २१ जना उपचारपछि घर फर्किए

नेपालगन्ज : नेपालगन्जको वीपी चोकमा मंगलबार भएको झडपमा घाइते २१ जना उपचार गरेर घर फर्केका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार पाँच जना सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। एक जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मंगलबार बेलुका र बुधबार बिहान अस्पतालबाट डिस्चार्ज भएका हुन् । 

स्थिति नियन्त्रणमा आइसकेपनि धार्मिक सद्भाव खल्बलिने खतरा बढेपछि मंगलबारदेखि लगाइएको कर्फ्यू जारी नै छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत बुधबार बिहान विज्ञप्ति जारी गरी अनिश्चितकालीन कर्फ्यू यथावत नै रहेको जानकारी दिएका हुन् । 

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै सूचना प्रकाशित गरी सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामग्री नराख्न आग्रह गर्दै त्यस्ता गतिविधि गरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । 

जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘नेपालगन्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरु प्रचार प्रसार नगर्न, नगराउन अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।’

त्यसैगरी जिल्ला प्रहरीले पनि सामाजिक सञ्जालमा धार्मिक सद्भाव भड्काउने पोस्ट, कमेन्ट नगर्न तथा सद्भाव जगाउने सकारात्मक भावना अभिव्यक्त गर्न आग्रह गरेको छ । 

राँझाबाट गाडी सञ्चालन
कर्फ्यूका कारण नेपालगन्जको राँझा क्षेत्रबाट मात्र लामो तथा छोटो दुरीका यात्रुबाहक गाडीहरु सञ्चालन भएका छन् । भारतबाट आएर जमुनाहा नाकामा अलपत्र परेका यात्रीहरुलाई भने जिप्रका बाँकेले राँझासम्म लैजाने व्यवस्था गरेको प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । नगर क्षेत्रमा बाहिरबाट आउने व्यक्तिलाई अत्यावश्यक सेवामा आउने बाहेकलाई चोक चोकबाट फर्काइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.