ट्रकको ठक्करबाट बालको मृत्यु : अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

ट्रकको ठक्करबाट बालको मृत्यु : अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा
सुन्नुहोस्

चितवन : ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी ) गौतम मिश्रले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिए।

राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको थियो।

बाटो काट्ने क्रममा सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठका छोरा सञ्जिवको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध बनाएका थिए। उनीहरू बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत थिए।

मृतकको परिवारलाई क्षतिपूर्ति र चालकलाई हदैसम्मको कारबाही गर्ने आश्वासनपछि ४ घन्टादेखि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालमा आएको हो। मृतक बालकको शव पोस्टमार्टम गर्न गजुरी पुर्‍याइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.