लागुऔषध मुद्दाका पाँचजना पक्राउ

लागुऔषध मुद्दाका पाँचजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

उदयपुर : लागुऔषधको ओसारपसारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेसँगै कारोवारी धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले पछिल्लो दुई दिनमा लागुऔषधसहित ५ जना युवालाई उदयपुरको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार चौदण्डिगढि नगरपालिका- ४ सिद्धिपुरका १९ वर्षीय दिपेन राई, सोही नगरपालिकाको वडानं ६ का २६ वर्षीय अनिल बस्नेतलाई नियन्त्रणमा लिइएको छ । 

त्यसैगरी त्रियुगा नगरपालिका- ६ पटेर्वा स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको गस्ति टोलिले पैदल हिँड्दै गरेका त्रिनपा ५ का २० वर्षीय सुबिन राई, २२ वर्षीय  बिष्णुबहादुर श्रेष्ठ र २०  वर्षीय अनिल राईलाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रहरीले बेलका नगरपालिका- १ अस्थायी प्रहरी बिट आम्बासीमा सप्तरीको फत्तेपुरबाट पैदल यात्रा गरी आउनेक्रममा शंका लागि चेकजाँच गर्दा दिपनेको साथबाट प्रतिबन्धित लागुऔषध प्रोमेथाजिन १ एम्पुल, लिजेसिक २ एम्पुल, फेनेर्गन १ एम्पुल, नाइट्रोसन ७ ट्याबलेट फेला पारेको सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए । 

उनीहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा अनुसन्धान सुरू गरिएको उनले बताए । त्यसैगरी प्रहरीले बिष्णुबहादुरको साथबाट एपिडोल ८० ट्याब्लेट, स्पासपेन एक सय ट्याव्लेट र अनिलको साथबाट एपिडोल ६९ ट्याब्लेट, स्पासपेन ५० ट्याव्लेट चेकजाँच गर्ने क्रममा बरामद गरेको डीएसपी चौधरीले बताए । 

लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासताम राखी थप अनुसन्धान भइरहेको उनले बताए । एसपी थापाले लागुऔषधका घटना अत्याधिक बढेकाले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.