डोटीमा कांग्रेस महासमिति सदस्यको निर्वाचनको तयारी पूरा

डोटीमा कांग्रेस महासमिति सदस्यको निर्वाचनको तयारी पूरा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डोटी : नेपाली कांग्रेस डोटीको यहि असोज २४ गते सम्पन्न हुने महासमिति सदस्य निर्वाचनको तयारी पूरा भएको डोटी कांग्रेसले जानकारी दिएको छ । २४ गते हुने निर्वाचनको लागि आज मनोनयन दर्ता प्रक्रिया हुने निर्वाचन समितिले जानकारी दिएको छ । 

५ जना खुल्ला सदस्य, २ जना महिला खुल्ला सदस्य र ४ जना आरक्षण सदस्य गरी जम्मा ११ जना महासमिति सदस्यको लागि निर्वाचन भइरहेको नेपाली कांग्रेस डोटीका उपसभापति नारायण प्रसाद जोशीले जानकारी दिए ।

नेपाली कांग्रेस डोटीले महासमिति सदस्यहरु आन्तरिक रुपमा छनौट गर्न नसकेपछि निर्वाचनमा जानुपरेको बताइएको छ । निर्वाचन हुने भएपछि अहिले कांग्रेसका नेता तथा कार्यकर्ता सबै जिल्ला भित्रिएका छन् । योसंगै दिपायल, सिलगढीमा चहलपहल समेत बढेको छ । अधिकांश समय जिल्ला बाहिर बस्ने नेताहरू समेत अहिले जिल्ला भित्रिएका छन् ।

राजपुरस्थित सेती सभाहलमा हुने निर्वाचनमा जिल्लाभरीबाट जम्मा मतदाता संख्या करिब साढे ११ सय रहेका छ । जिल्ला कार्य समितिको निर्वाचनामा सहभागि भएका मतदाहरू सबै यो निर्वाचनमा पनि सहभागि हुने भएकाले कार्य समितिको निर्वाचनको झल्को दिइरहेको पाइन्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.