गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन उपाध्यक्ष रिता घर्ती,निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव,योजना अधिकृत कृष्णबहादुर घर्ती,तत्कालीन इन्जिनियर नविन डाँगी,सव इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा  आज भ्रष्टाचार मु्द्दा दायर भएको हो।

गंगादेवको घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङको खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले मु्द्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
यसैगरी सोही प्रकरणमा उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी,सचिव खड्कबहादुर डाँगी र कोषाध्यक्ष चन्द्र कुमारी डाँगीको संलग्नता देखिएको अख्तियारको ठहर छ।

गंगादेव गाउँपालिकाका वडा -२ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई र वडा सदस्य टिका विक,गनबहादुर भण्डारी,वडा सचिव कुलबहादुर योगीको पनि भ्रष्टाचारजन्य कार्यमा  संलग्नता रहेको पुष्टि हुन आएको अख्तियारको दावी छ।

गंगादेव गाउँपालिका-२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको  उनीहरूविरुद्ध उजुरी परेको  थियो।

सोही उजुरीका आधारमा छानबिन गर्दा सोलार पम्पिङ  खानेपानी निर्माण योजनाका लागि आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाबाट वास्तविक भए गरेको कार्यभन्दा बढी काम गरेको भनी गलत प्रतिवेदन तयार गरी चार लाख ६६ हजार ४८८ रुपैयाँ हानीनोक्सानी गरेको अख्तियारको ठहर छ।

आयोगले उनीहरूविरुद्ध सोही रकम बराबरको विगो माग दावीसहित कैद सजाय माग गरिएको अख्तियारले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.