चाडपर्व लक्षित यात्रु सहायता कक्षा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्षा सञ्चालन
सुन्नुहोस्

उदयपुर : चाडपर्वमा यात्रुको चापलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले यात्रु सहायता कक्षा स्थापना गरेको छ। 

चाडबाडमा हुने भीडभाडमा यात्रुको सहजताका लागि सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका १३ पुर्वपश्चिम बरुवा बसपार्क र वडानं ३ स्थित त्रियुगा बसपार्कमा यात्रु सहायता कक्षा स्थापना गरिएको हो। यात्राका क्रममा असहजता र ठगिको महसुस भए ती सहायता कक्षामा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। 

वरुवा बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उद्घाटन गर्दै चाडपर्वमा हुन सक्ने सम्भावित ठगि र यात्रुको सरलताका लागि सहायता कक्षले सहयोग पुर्‍याउने बताए। उनले भने, ‘यात्राका क्रममा कसैलाई समस्या भएको अवस्थामा सहजताका लागि प्रहरी सेवा उपलव्ध गराउन चौबिसै घण्टा सेवा प्रवाह हुने गरी व्यवस्था मिलाइएको छ।’

त्यसैगरी एसपी थापाले यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाँडा लिएको विषयमा चेकजाँच गरी कार्वाही प्रकृया अघि बढाइने बताए। 

उनले भने, ‘चाडपर्वमा विशेषगरी सवारीसाधन कम चल्ने र यात्रुको चाप बढि हुने गर्दछ यस्तो अवश्थामा मनपरी भाँडा असुल्ने, सामान छुट्न सक्छ, गन्तव्यमा हिडेका यात्रुहरु अलमलमा पर्ने जस्ता समस्या हुने भएकाले सहजताका लागि सहायता कक्ष स्थापना गरिएको हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.