योजना सम्झौता गर्न एकीकृत घुम्ती शिविर

योजना सम्झौता गर्न एकीकृत घुम्ती शिविर
सुन्नुहोस्

बागलुङ : बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का योजनाहरूको सम्झौता गर्न एकीकृत घुम्ती सेवा सञ्चालन गर्ने भएको छ। 

गाउँपालिकाका शाखाहरूबाट हुने सेवा प्रवाहलाई जनताको घर आँगनबाटै सञ्चालन गर्नका लागि एकीकृत घुम्ती सेवा सञ्चालन गर्न लागेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए। 

उनले एकीकृत घुम्ती शिविरमा चालु आर्थिक वर्षका विकास निर्माणका योजनाहरूको सम्झौताको साथै अपांगता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य परीक्षण (नसर्ने रोगको स्क्रिनिङ), आयुर्वेद स्वास्थ्य सेवा र कृषि तथा पशु सेवा सम्बन्धी जानकारी दिइने बताए। 

‘विकास निर्माणको काम गर्नका लागि उपभोक्ता समूह गठन गरेर योजनाहरूको सम्झौता गर्न गाउँपालिका आउनुपर्ने बाध्यता छ,’ उपाध्यक्ष थापाले भने, ‘पालिका आउनुपर्ने कारणले उपभोक्ताहरूले समयमा योजना सम्झौता नगर्दा धेरै विकास निर्माणका कामहरू समयमै सम्पन्न हुन नसक्ने अवस्था छ। त्यसैले समयमै योजनाहरूको कार्य सम्पन्न गर्नका लागि वडामै पुगेर योजनाहरू सम्झौता गर्न लागेका हौं।’

जनतालाई उनीहरूको घर आँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए। ‘स्थानीय सरकारले नागरिकहरूको घर आँगनमै पुगेर सेवा दिनुपर्छ,’ अध्यक्ष थापाले भने,‘गत वर्षहरूमा गाउँपालिकाले वडा तहमा पुगेर योजनाहरूको मात्र सम्झौता गर्ने गरेको थियो। यस वर्ष योजनाहरूको सम्झौताका साथै अपांगता र ज्येष्ठ नागरिक परिचयपत्र वितरण र स्वास्थ्य सेवा दिनेछौं।’

गाउँपालिकाले असोज १८ गते (बिहीबार) वडा नम्बर  १ पालाकोटबाट एकीकृत घुम्ती शिविरको सुरुवात गर्दैछ। यस्तै असोज १९ गते वडा नम्बर २  भीमापोखरामा, २१ गते वडा नम्बर ३ धम्जामा, २२ गते वडा  नम्बर ४ तंग्राममा, २३ गते वडा नम्बर ५ विहुँकोटमा, २४ गते  वडा नम्बर ६ विहुँकोटमा, २५ गते वडा नम्बर ७ रेशमा र २६ गते वडा नम्बर ८ लेखानीमा एकीकृत घुम्ती सेवा सञ्चालन गरिने उपाध्यक्ष थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.