बचतकर्ताको ४ करोड बढी रकम हिनामिना गर्ने सहकारीका अध्यक्ष पक्राउ

बचतकर्ताको ४ करोड बढी रकम हिनामिना गर्ने सहकारीका अध्यक्ष पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौं : बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ परेका छन्। बचतकर्ताको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोपमा देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-६का ३९ वर्षीय रविन्द्र चौलागाई पक्राउ परेको प्रहरी प्रधान कार्यालय केन्द्री अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

बचतकर्तालाई मासिक/त्रैमासिक/ वार्षिक ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा,ब्याज फिर्ता गर्ने आश्वासन दिइ रकम खातामा बचत गर्न लगाइ रकम हिनामिना गरेको आरोप उनीमाथि छ।

बचतकर्ताहरूले आफूहरूले जम्मा गरेको रकमको साँव र ब्याज मागेका थिए। पटक पटक धाउँदा पनि रकम नपाएपछि बचतकर्ताहरूले चौलागाईविरुद्ध उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा चौलागाईलाई पक्राउ गरी  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.