भन्सार छलेर ल्याइएको ३३ बोरा चिनी बरामद

भन्सार छलेर ल्याइएको ३३ बोरा चिनी बरामद
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

उदयपुर  : जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार भन्सार छली ल्याइएको चिनी,सखरसहित पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।  सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका -११ रामजानकी पार्टी प्यालेस अगाडि शंकास्पद अवस्थामा राखिएको स.१.ज.१४७८ नम्बरको पिकअप भ्यान चेकजाँचका क्रममा ३३ बोरा चिनी र १० केजी सखर बरामद गरेको हो । 

कार्यालयका सूचना अधिकारी हरिनन्दन चौधरीका अनुसार एक लाख २४ हजार २५० मुल्य बराबरको उक्त सामग्री त्रिनपा ११ का ३५ वर्षीय रंजित चौधरीले भन्सार छली सदरमुकाम भित्र्याएको अवस्थामा बरामद भएको हो । 

पक्राउ परेको पिकअप भ्यान,सामान र चालकलाई आवश्यक अनुसन्धानपछि थप कारवाहीका लागि सेतुबन्दु भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाएको उनले बताए । चाडपर्वमा दैनिक उपभोग्य सामग्रीको खरिद विक्री अधिक हुने भएपछि व्यापारीले प्रहरीको आँखा छलेर विना भन्सारको सामग्रीहरू भित्र्याउने गरेका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.