विशेषले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदातलमा पुनरावेदन गरेको छ।
अख्तिायरले विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये गैरकानुनी लाभ तथा हानी,सार्वजनिक सम्पत्ती हानी नोक्सानी र घुस/रिसवत लिइ भ्रष्टाचार गरेकासम्बन्धी चार मुद्दामा पुनरावेदन दिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
सरकारी कागजात हेरफेर गरी सरकारी /सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोप संजय कुमार ठाकुरसमेत २८ जना प्रतिवादी रहेको मुद्दामा विशेषले दिएको फैसलाविरुद्ध अख्तियारले पुनरावेदन गरेको हो।
घुस रिसवत लिइ भ्रष्टाचार गरेको मुद्दामा भोगेन्द्र प्रसाद साहसमेत ४ जना प्रतिवादी रहेको मुद्दामा पनि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो।
यसैगरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार मुद्दामा धर्मराज अधिकारीसमेत ८ जना प्रतिवादी र सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दाका प्रतिवादी बाबुराम पाण्डे,प्रविन वस्ती,हसिमान गुरूङ,अनिता गुरूङ,राम नारायण चौधरी प्रतिवादी रहेको मुद्दामा विशेषले गरेको फैसला चित्त नबुझेपछि पुनरावेदन दिएको अख्तियारले जनाएको छ।