विराटनगरबाट घरेलु हतियारसहित १५ जना पक्राउ

विराटनगरबाट घरेलु हतियारसहित १५ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : दोहोरो झडप गर्न भनेर हिँडेका १५ जनालाई प्रहरीले विराटनगरबाट घरेलु हतियारसहित शुक्रबार दिउँसो पक्राउ गरेको छ। 

तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीसहितको समूहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरीसहितलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमध्ये ९ जना १८ वर्ष मुनिका छन्। शेखकविसहित २ जनालाई विराटनगरको घोघापुल चोक र अरुलाई शनिमन्दिर चोकबाट पक्राउ गरिएको डीएसपी दाहालले बताए। उनका अनुसार पक्राउ पर्नेमध्ये शेखकविको साथबाट तरबार फेला परेको हो। 

विराटनगरको एउटा कलेजमा अध्ययरत युवतीको विषयमा विवाद भएपछि घरेलु हतियारसहितको समूहबीच दोहोरो झडपको तयारी भइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो। लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट परिचालित टोलीले झडपको तयारी गरेर साथमा घरेलु हतियार बोकेर हिँडिरहेको समूहलाई पक्राउ गरेको डीएसपी दाहालले बताए। 

उनका अनुसार युवतीको विषयलाई लिएर केही दिनअघि पनि दुई पक्षबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘युवतीको विषयलाई लिएर यसअघि पनि दुई पक्षबीच विवाद भएको रहेछ। विवाद उत्कर्षमा पुगेपछि दुई पक्षबीच दोहोरो झडपको अवस्था बनेको पाइयो,’ दाहालले भने। 

दोहोरो झडपकै लागि घरेलु हतियार बोकेर हिँडिरहेकालाई पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए। झडपको तयारी गर्नेमध्ये केही फरार छन्। उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ। डीएसपी दाहालले प्रहरीको सक्रियताकै कारण ठूलो झडप र मानवीय क्षति हुनबाट जोगिएको जानकारी दिए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.