'द्वन्द्व निरूपणमा सरकार गम्भीर बनेन'

'द्वन्द्व निरूपणमा सरकार गम्भीर बनेन'

उदयपुर : द्वन्द्व निरूपणमा सरकार गम्भीर नबनेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। नागरिक आवाजको सहयोगमा द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालले सदरमुकाम गाईघाटमा आयोजना गरेको द्वन्द्व पीडित महिलाका सवालमा स्थानीय सरोकारवालासँगको शान्ति वृत कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन्। 

उनीहरूले द्वन्द्वको दिगो व्यवस्थापनमा जिम्वेवारी निकाय उदासिन बनेको आरोप लगाए। कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले द्वन्द्व निरूपणको नाममा प्रधानमन्त्रीदेखि लिएर कर्मचारी विदेश भ्रमण गर्ने, भत्ता लिने तर समाधान कहिले नगर्नु राजनीतिक बेमानी भएको आरोप लगाए। 

उनले भने, ‘सरकारको चासो द्वन्द्व व्यवस्थापन भन्दा पनि कसरी द्वन्द्वलाई चर्काउने र सधैं अस्थिरता मच्चाई नेतृत्वमा रहिरहने मानसिकता भएकाले यसको समाधान हुन नसकेको हो।' १० वर्षे जनयुद्धका नायक प्रचण्ड पटक–पटक मुलुकको कार्यकारी भूमिकामा रहे पनि द्वन्द्वको दिगो समाधानतर्फ कहिले ध्यान केन्द्रित नभएको उनले बताए। 

मेयर बस्नेतले मुलुकका प्रधानमन्त्रीले नै जातजाति र धर्मका नाममा द्वन्द्व चर्काउन लागेको आरोप लगाए। जिल्ला समन्वय समितिका उपप्रमुख तेजप्रसाद गिरीले तत्कालिन राज्य र विद्रोही पक्षलाई एकअर्कामा आत्मियता बढाउने गरी द्वन्द्वको व्यवस्थापन गर्नुपर्ने बताए। 

उपमेयर महेश्वरी राईले सरकार द्वन्द्व पीडितको पीडालाई कम गर्नेभन्दा पनि कुर्सी केन्द्रित मात्र भएको आरोप लगाइन्। उनले भनिन्, ‘कागजमा लेखेर मात्र द्वन्द्व समाधान खोज्नुभन्दा मनभित्रको काँडो उखेल्नु पर्छ।'

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले द्वन्द्वपीडितका घाउहरू अझै बाँकी रहेकाले यसलाई सधैंका लागि समाप्त गर्ने गरी योजना बनाएर काम गर्नु आजको आवश्यकता भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.