सबै पार्टीलाई एकै ठाउँमा राखेर हेर्नु हुँदैन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टीहरूलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताएका छन्।
एमाले सम्पर्क समन्वयन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले धेरै पार्टीहरूलाई एकै ठाउँमा राखेर हेर्न नहुने र राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्ने बताए।
उनले सबै नेताहरूलाई आरोप र आशंका दृष्टिले हेर्दा समाज ठीक ठाँउमा जान नसक्ने बताए। चाडपर्वलाई भ्रमबाट दूर गर्ने, चेतनाको प्रकाश पुर्याउने माध्यमको रूपमा लिनुपर्ने उनको भनाइ छ। चाडपर्वको समयलाई व्यक्तिगत ज्ञान बढाउनका लागि उपयोग गर्नुपर्ने उनले जोड दिए।