इजरायलमा २० मिनेटमै ५००० बढी रकेट आक्रमण : ९ नेपाली घाइते

नेपाली काम गर्ने कृषि फार्ममा पनि आक्रमण, २ गम्भीर

इजरायलमा २० मिनेटमै ५००० बढी रकेट आक्रमण : ९ नेपाली घाइते

काठमाडौं : प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको हो। सुरुमा हमासले इजरायलमाथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको थियो। यो समाचार तयार पार्दासम्म ७० जना इजरायली र १ सय ९८ जना प्यालेस्टिनीहरू मारिएको उल्लेख छ। त्यस्तै ७ सयभन्दा बढी इजरायलीहरू घाइते भएको बीबीसीले जनाएको छ।

उक्त आक्रमणमा नेपाली पनि परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार ९ नेपाली घाइते भएका छन्, २ को अवस्था गम्भीर छ। १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा पनि आक्रमण हुँदा सो घटना भएको मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ। क्षतिको अरू विवरण संकलन भएसँगै जानकारी गराइने पनि मन्त्रालयले जनाएको छ। नेपालीले काम गर्ने फार्म गाजा क्षेत्रनजिकै थियो। 

एक नेपाली महिलाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्– ‘नेपालबाट करिब १ महिना पहिला ५० जना विद्यार्थी भाइबहिनी गाजा क्षेत्रमा आएका रहेछन्। कलेज पनि त्यतै र कृषि फारम पनि नजिकै भएकाले गाजाको नजिक बसेका रहेछन्। उनीहरू ३ वटा कलेजमा बस्दा रहेछन्। एउटा कलेजका भाइ–बहिनीले बंकरमा बसेको र सुरक्षित रहेको जानकारी गराएका छन्। कुरा गर्दा चित्कार सुनिन्छ। भाइ–बहिनी आत्तिएको अवस्थामा रहेको प्रस्टै थाहा हुन्छ। अवस्था आत्तिने मात्र होइन, साह्रै असह्य छ। फोन सम्पर्कमा बचाइदिनुहोस् भन्ने चित्कार थियो।’

कसरी सुरु भयो हमला ?

इस्लामिक लडाकु समूह हमासको रकेट आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गर्‍यो। शनिबार बिहान हमासका लडाकुहरू गाजामा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए। अपुष्ट खबरहरूमा जनाइएअनुसार कैयौं इजरायलीलाई बन्दी बनाएर लगिएको छ। हमासको आक्रमणको जवाफमा इजरायलले पनि प्यालेस्टिनी क्षेत्रहरूमा आक्रमण गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र गाजाको शासक हमासले कहिल्यै नसोचेको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्। 

हमासले गाजापट्टी क्षेत्रबाट २० मिनेट अवधिमै ५ हजारभन्दा बढी रकेट आक्रमण गरिएको दाबी गरेको छ। उसले यो कारबाहीलाई ‘अपरेसन अल अक्सा फ्लड’ नाम दिएको छ। हमासका लडाकुहरूले गाजा क्षेत्रबाट इजरायली सीमामा प्रवेश गरी सर्वसाधारणलाई आक्रमण गर्दै बन्दीसमेत बनाएका छन्। शनिबार बिहानै हमासका वरिष्ठ सैन्य कमान्डरले युद्धको घोषणा गर्दै सबै प्यालेस्टिनीहरूलाई आआफ्नो स्थानबाट लडाइँमा भाग लिन अपिल गरेका थिए।

बीबीसीका अनुसार इजरायलका दर्जनौं लडाकु विमानहरूले गाजास्थित हमासका लडाकुहरू रहेको क्षेत्रमा निरन्तर हवाई हमला गरिरहेका छन्। तेल अभिभ विमानस्थल पनि बन्द गरिएको छ। इजरायलीहरूले बंकरमा लुक्दै सेनाको सहयोगको प्रतीक्षा गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसैबीच, आक्रमणको इरानले समर्थन गरेको छ भने अन्य विश्वले भर्सना गरेका छन्। फ्रान्स, बेलायत, जर्मनी, युरोपेली संघ, अमेरिकालगायतले इजरायलमाथि आक्रमणको विरोध जनाएका छन्।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भने प्यालेस्टिनीको प्रतिरक्षा अधिकार भएको बताएका छन्। इजरायलस्थित अमेरिकी दूतावासले आक्रमणबाट कैयौं मानिसहरू हताहत भएको जनाएको छ। घटनापछि आफ्नो सुरक्षाप्रति सचेत हुन पनि दूतावासले आफ्ना नागरिकलाई आग्रह गरेको छ। सन् १९७३ अक्टोबर युद्धको वार्षिकोत्सवको एक दिनपछि हमासले आक्रमण गरेको हो।

जब आक्रमणको सूचना दिने साइरन बज्यो

बीबीसीका अनुसार शनिबार बिहानै हमासका दर्जनौं बन्दुकघारी दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमणमा लागे। त्यसबेला इजरायलको सेनाले परिस्थितिको मूल्यांकन गर्दै गाजा स्ट्रिपमा आक्रमणकारी भएका स्थानहरूमा प्रहार गरिरहेको बताएको थियो।

शनिबार सुरुमा इजरायलतर्फ दर्जनौं रकेटहरू प्रहार गरिएको थियो। त्यसले गर्दा उक्त देशभरि हवाई आक्रमणको पूर्वसूचना दिने साइरनहरू बजेका थिए। तेल अभिभ र गाजा वरपरका क्षेत्रमा विस्फोटन भएका विवरण आएका थिए। प्यालेस्टिनी लडाकु समूह हमासले आक्रमणको जिम्मा लिएको थियो। उसको सशस्त्र बलले शनिबार २० मिनेटमा ५ हजारवटा रकेट प्रहार गरेको थियो।

सुरुमा इजरायली रक्षा बल (आईडीएफ)ले हमासले गाजा स्ट्रिपबाट इजरायली क्षेत्रमा ठूलो मात्रामा रकेट प्रहार गर्न थालेको र सशस्त्र लडाकुहरू विभिन्न स्थानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको बताएको थियो। एउटा वक्तव्य निकाल्दै इजरायली सेना प्रमुखले गाजा वरपरका बासिन्दाहरूलाई भित्रै बस्न भनेका थिए भने दक्षिणी र मध्यक्षेत्रका नागरिकहरूलाई सेल्टरको छेउमा बस्न भनेका थिए।

इजरायलको एउटा उद्धार एजेन्सीले सो आक्रमणमा धेरैको मृत्यु र सैयौं घाइते भएको जनाएको छ। रोएटर्सले लिएको एउटा भिडिओमा इजरायली अग्निनियन्त्रकहरूले आश्केलोन सहरमा आगो निभाउँदै गरेको देखिन्छ भने जलेका सवारी साधनहरूबाट धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले रकेट आक्रमणबारे छलफल गर्न सुरक्षा प्रमुखहरूको बैठकसमेत आकस्मिक रूपमा राखेका थिए। 

हमासका नेता मोहम्मद डेफले शनिबार बिहान इजरायलतर्फ पाँच हजारवटा रकेट प्रहार गरिएको पुष्टि गरे। त्यसलाई उनले ‘अपरेसन अल–अक्सा स्टर्म’ भनेका छन्। ‘हामीले अति भनेको त अति न ाइते हुनुभएको छ। विद्रोहीले नेपाली रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएकाले उद्घार गर्न कठिनाई भएको छ।’ आफूहरू पनि कफ्र्यु लागेका कारण निवासबाट बाहिर निस्किन सक्ने अवस्था नरहेको रिजालले बताइन्। 

यता गैरआवासीय नेपाली संघ इजरायलले दूतावास र संघको सम्पर्कमा आउन त्यहाँ रहेका नेपालीलाई सूचना जारी गरेको छ। दूतावासले पनि स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न सबैलाई दूतावासको फेसबुक पेजबाट पनि जानकारी गराइएको राजदूत रिजालले बताइन्। 

के छ नेपालीको अवस्था ?

यसअघि कतिपय सञ्चारमाध्यमहरूले ९ जना नेपाली घाइते भएका र १७ जना नेपालीलाई हमासले बन्धक बनाएको पनि लेखेका थिए। यद्यपि जेरुसेलममा रहेका गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले १७ जना नेपाली कार्यरत रहेको कृषि फर्ममा आक्रमण भएको र ९ जना घाइते भए पनि बन्धक भने कोही पनि नभएको बुझिएको बीबीसीसँगको कुराकानीमा बताएका थिए। उनले भने, ‘त्यो फर्म रहेको क्षेत्र अहिले पनि तनावग्रस्त भएकाले इजरायली सेनाले फोन उठाउन पनि दिएको छैन त्यसैले कसैसँग पनि राम्ररी कुरा हुन सकिरहेको छैन। तर, धेरै साथीहरू बंकरमा सुरक्षित रूपमा बस्नु भएको छ भनेर त्यहाँबाट मेरो सम्पर्कमा आएका चार जना साथीहरूले भन्नुभएको थियो।’

उनले हालै इजरायल आएका नेपालीहरू बसेको स्थानमा हमला भएकाले उनीहरू आत्तिएको तर स्थानीय सुरक्षाकर्मीको निर्देशन पालन गरेर बस्न आफूहरूले सुझाव दिएको पनि जानकारी दिए। त्यसबारे बुझ्दा नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तै खबर आएको तर स्रोतहरू सीमित भएकाले पुष्टि गर्न नसकेको जानकारी दि एको छ। इजरायलमा नेपालीहरू घाइते भएको विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयका उच्च अधिकारीसँग साँझ नै छलफल गरेका थिए। विभिन्न विवरणमा जनाइएअनुसार हमलामा पर्ने नेपालीहरू नेपाल र इजरायलबीच भएको सरकार–सरकारबीच (जीटुजी) सम्झौताअनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएका नेपालीहरू हुन्। भण्डारीका अनुसार अहिले त्यहाँ करिब ८ सय जति नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेको बुझिएको छ।

nullबीबीसीका अनुसार नेपालबाट प्रशिक्षार्थी कामदारका रूपमा पनि कृषि क्षेत्रमा नेपाली नागरिकहरू जाने गरेका छन्। इजरायलस्थित नेपाली राजदूतावासले उक्त देशमा रहेका नेपालीहरूका लागि विशेषखाले अपिल जारी गरेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत नेपालीहरूलाई सतर्क रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न भनेको थियो।

उक्त अपिलमा भनिएको छ, ‘इजरायलको गाजासँगको सीमानालगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरंशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ। साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको व्यहोरा अनुरोध छ।’

द्वन्द्व थप नचर्कियोस् : गुटेर्रेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायलमाथि हमासले गरेको आक्रमणपछि द्वन्द्व बढ्न नदिन मध्यपूर्वमा कूटनीतिक प्रयास गर्न आग्रह गरेका छन्। ‘संयुक्त राष्ट्रसंघको महासचिवका हैसियतमा मैले द्वन्द्व थप चर्किनबाट रोक्नका लागि सबै कूटनीतिक प्रयास गर्न आग्रह गर्दछु,’ गुटेर्रेसले भने, ‘दुई राष्ट्रको द्वन्द्व समाधान गरी शान्ति हासिल गर्न वार्ता नै उत्तम माध्यम हो।’

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो। हमासको आक्रमणको विश्वव्यापी आलोचना भएको छ भने इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ।

कसको समर्थन, कसको निन्दा ?

संयुक्त राष्ट्रसंघले गाजापट्टी शनिबार भएको घटनाले विश्व समुदायलाई चिन्तित बनाएको बताएको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुख भोल्कर तुर्कले भने, ‘म हिंसा तत्काल रोक्न आह्वान गर्दछु र थप रक्तपात हुन नदिन सबै पक्ष र यस क्षेत्रका प्रमुख देशहरूलाई तनाव कम गर्न अपिल गर्दछु।’ उनले इजरायली नागरिकलाई बन्धक बनाइएको भन्ने खबरप्रति आफू निकै चिन्तित रहेको बताए। 

अमेरिकाले इजरायलविरुद्ध हमास ‘आतंककारी समूह’का लडाकुले गरेको आक्रमणको ‘स्पष्ट शब्दमा’ निन्दा गरेको ह्वाइट हाउसले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हमासका आतंककारीहरूले इजरायली नागरिकमाथि गरेको अकारण आक्रमणको संयुक्त राज्य अमेरिका कडा एवं स्पष्ट शब्दमा निन्दा गर्दछ।’

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीसँग कुरा गर्दै यस अभियानका बारेमा इजरायली साझेदारहरूसँग घनिष्ठ सम्पर्कमा रहने बताएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ। वाट्सनले भने, ‘हामी इजरायल सरकार र जनताको साथमा दृढतापूर्वक उभिएका छौं र यी आक्रमणमा ज्यान गुमाएका इजरायलीका आपन्तजनप्रति समवेदना प्रकट गर्दछौं।’ 

null, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकुसमूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन्। ‘इजरायलमा आतंकवादी हमलाको खबरले म स्तब्ध भएको छु,’ मोदीले एक्समा लेखेका छन्, ‘यस कठिन घडीमा हामी इजरायलको साथमा छौं।’

त्यसैगरी ब्रसेल्सबाट प्राप्त समाचारमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि गरेको आक्रमणपछि युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै निन्दा गरेका छन्। उनले एक्स (ट्वीटर) मा लेखेका छन्, ‘नागरिकहरूलाई उनीहरूको घर वा गाजामा बन्धक बनाइएका समाचारहरू डरलाग्दो छन्। यो अन्तर्राष्ट्रिय कानुनविपरीत छ। बन्धक बनाइएकाहरूलाई तुरुन्तै रिहा गर्नुपर्छ।’

रूसी विदेश मन्त्रालयले ‘युद्ध’ लाई तत्काल रोक्न र बृहत् तथा स्थायी शान्तिका लागि आग्रह गरेको छ। आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका विश्व समुदायले पनि चासो व्यक्त गरिसकेका छन्। उनीहरूले प्यालेटिनी क्षेत्रमा भएको युद्ध अन्त्यका लागि कामना गरेका छन् भने स्थायी शान्ति कायम गर्न द्वन्द्वरत दुवै पक्षसँग आह्वान गरेका छन्। 

साउदी अरबको विदेश मन्त्रालयले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गरेको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साउदी अरबले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गर्दछ। प्यालेस्टाइनी जनतालाई उनीहरूको वैध अधिकारबाट निरन्तर बञ्चित गरिँदा विस्फोटक स्थितिको खतरा उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

इरानद्वारा हमासद्वारा इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ।  इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेका छन्। ‘हामी यो अभियानलाई समर्थन गर्दछौं,’ याह्या रहिम सफावीले उद्धृत गर्दै आईएसएनए समाचार एजेन्सीले लेखेको छ। सफावीले प्यालेस्टाइन र जेरुसेलमको मुक्ति नभएसम्म प्यालेस्टाइनी लडाकुलाई समर्थन गरेको बताए। शनिबार संसद्को बैठकमा इरानी सांसदहरूले ‘डाउन विथ इजरायल’, ‘डाउन विथ अमेरिका’ र ‘वेलकम प्यालेस्टाइन’ जस्ता नारा लगाएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.