इजरायल आक्रमण : कुन बेला के हुन्छ, त्रासैत्रासमा छौं

इजरायल आक्रमण : कुन बेला के हुन्छ, त्रासैत्रासमा छौं
सुन्नुहोस्

म तेल अभिभमा छु। यहाँबाट करिब ७० किलोमिटर टाढा गाजा क्षेत्रमा शनिबार भयानक आक्रमण भएको केहीबेरमै देशैभरि त्रास फैलियो। बिहान उठ्नेबित्तिकै घरबाट बाहिर ननिस्कन सबैलाई सरकारले सूचित गर्‍यो। हामी भित्रै बसेर टीभी दृश्य हेरिरहेका छौं, जुन अत्यन्त त्रासदपूर्ण छ।

इजरायलमा आइकन धेरै युद्ध देखियो, यसपालि भने मन–मुटु काँपेको छ। पहिला माथिबाट रकेट खसाउँथे, यसपालि त सडकमै हत्या गर्दै, जताततै आगो लगाउँदै हिँडेको अवस्था छ। १० वटा गाडीमा गाजा क्षेत्र छिरेका आक्रमणकारीले जसलाई भेट्यो उसलाई मारिरहेका दृश्य हामीले टीभीमा देख्यौं। 

नयाँ वर्षको माहोल र शुक्रबारको उल्लासपछिको समयलाई आक्रमणकारीले प्रयोग गरेका छन्। यो अति अकल्पनीय घटना हो। सेप्टेम्बर ११ कोभन्दा ठूलो भन्छन् यहाँ यसलाई। नेपाली भाइ–बहिनी पनि घटनामा परेर घाइते भएको सुन्दा झन् असह्य पीडा भएको छ। बाहिर साइरहन बजिरहेको छ। बोल्ने अवस्थासम्म छैन। अति कारुणिक परिस्थिति छ। कुन बेला के हुन्छ, त्रासैत्रासमा छौं।

(राई इजरायलको तेलअभिभमा बस्छिन्)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.