इजरायलमा रहेका विपिन भन्छन् : त्रासले मर्ने स्थिति आइसक्यो, सरकारले सुनिदिनु पर्‍यो

इजरायलमा रहेका विपिन भन्छन् : त्रासले मर्ने स्थिति आइसक्यो, सरकारले सुनिदिनु पर्‍यो
सुन्नुहोस्

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण  गरेपछि शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको छ। सुरुमा हमासले इजरायलमाथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको थियो।

काठमाडौं : इजरायलमा रहेका नेपाली विद्यार्थी विपिन सुवेदीले आफूहरु निकै आत्तिएको बताउँदै सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफूहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरणको अनुरोध गरेका हुन्।

उनले आफूहरु त्रासमा लुकेर बसेको र त्रासले नै मर्ने स्थिति आएको बताएका छन्। 'राज्यले 'के भएको छ?' भनेर सोध्दा जतिबेलै घाइतेकै स्थिति बताउन विवश छौँ हामी । तर जो हामी छौँ , त्रासमा लुकेर बसेका, यहीं त्रासले नै मर्ने स्थितिमा पुगिसक्यौं। बचाउने काम गरीदिनुस् ', फेसबुकमा लेखेका छन्।

उनले अहिलै सबैलाई नेपाल फर्काउन नसके पनि सुरक्षित ठाउँमा सारिदिन नेपाल सरकारसमक्ष आग्रह गरेका छन्। उनले भने, 'हामीले सबैलाई अहिल्यै नेपाल भनेका छैनौं तर सकेको जति सुरक्षित ठाउँमा सबैजना बस्न पाइयोस् । पहल गरिदिनु । मन आत्तिएर भक्कानिन थाल्यो, आँखा सुक्न थाले । बिन्ती छ सरकार सुनिदिनु पर्यो ।'

त्यस्तै विपिनले शनिबार साँझ पनि सामाजिक सञ्जालमार्फत् आफूहरुलाई सहयोग गर्न अपील गरेका थिए।

'हामी त्रसित छौं , हामीलाई भयावहमा नपारिदिनुस ! समाचार लेख्नेले आफ्नो पत्रिका भन्दा हाम्रो भविष्य हेरेर बोलिदिनु ! सरोकारवालाहरूले गर्दैछौं भनेर हामीलाई डाढसभन्दा , हामीलाई मातृभूमि पुराइदिनुस् !', उनले उल्लेख गरेका छन्, 'यो अवस्थामा सबै मेरा साथीहरू , आफन्त र मैले बोल्न नसकेका मेरा साथीहरुका आफन्तजन , बिन्ती छ हामी सक्दो गरिराको छौं आफू र सबैलाई बचाउन ! बस हजुरहरु हरेस नखाइदिनुहोला ! यो समय के भयो , कति के भए भन्दा पनि कति छिटो र सकेजति धेरैलाई उद्दार गर्ने समय हो ! सबैले , सबै तर्फबाट पहल गरौं ! सबैमा प्रेम र सद्भाव छ !'

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण  गरेपछि शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको छ। सुरुमा हमासले इजरायलमाथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको थियो।  

उक्त आक्रमणमा नेपाली पनि परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार ९ नेपाली घाइते भएका छन्, २ को अवस्था गम्भीर छ। १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा पनि आक्रमण भएको मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

क्षतिको थप विवरण संकलन भएसँगै जानकारी गराइने पनि मन्त्रालयले जनाएको छ। नेपालीले काम गर्ने फार्म गाजा क्षेत्रनजिकै छ।

इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले इजरायलको २२ स्थानमा अझै पनि लडाइँ जारी रहेको बताएका छन् । बीबीसी रिपोर्टका अनुसार हालसम्म २३० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ भने १७०० भन्दा बढी घाइते भएका छन् ।

अक्टोबर ७ मा हमासले प्रहार गरेको ५ हजार रकेटका कारण हालसम्म २५० इजरायलीको मृत्यु भएको छ भने १५ सय घाइते भएका छन् । हमासको आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा १७ सैन्य कम्पाउण्ड र ४ सैन्य मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ । 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.