ब्युटिसियनको हत्या आरोपमा युवक पक्राउ

ब्युटिसियनको हत्या आरोपमा युवक पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको छपकैयामा गत शुक्रबार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पत्रकार सम्मेलन गरी पुनमदेवीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिका-१ छपकैयाका २५ वर्षीय इमरान मियाँलाई सार्वजनिक गरेको हो। 

गत शुक्रबार बिहान वीरगन्ज-१ छपकैयाकै गगनदेव साहकी श्रीमती ४० वर्षीया पुनमदेवी सर्राफ आफ्नै घरभित्र रक्ताम्मे अवस्थामा अचेत फेला परेकी थिइन्। उनको उपचारका क्रममा त्यही दिन बिहान साढे ७ बजे मृत्यु भएको थियो। 

पक्राउ परेका इमरानले पुनमदेवीको हत्या आफैंले गरेको स्वीकार गरिसकेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरक्षिाक कोमल शाहले बताए। उनी लागूपदार्थको दुर्व्यसनीसमेत रहेको अनुसन्धानका क्रममा खुलेको शाहले जानकारी दिए।     

शाहका अनुसार गत शुक्रबार बिहान ३ बजेतिर चोरी गर्ने उद्देश्यले इमरान पुनमदेवीको घरको झयालबाट छतमा चढेर सिढिंघर हुँदै पुनमदेवी सुतेको कोठाभित्र पसेका थिए। 

घरमा एक्लै  रहेकी पुनमदेवी उठेर जितीया पर्वको तयारीमा लागेकै बेला इमरानको उनिसँग जम्काभेट भएपछि दुवै जना बीच घम्साघम्सी भएको थियो। त्यसक्रममा इमरानले फलामको मोटो रडले पुनमदेवीको टाउकोमा चार पटक हानेका थिए। त्यसपछि इमरान घरको मूल ढोकाबाट बाहिर निस्किएर ढोकामा बाहिरबाटै चुकुल लगाएर भागेका थिए। 

बिहान साढे ३ बजेतिर जिउतीया पर्वका लागि पुनमदेवीकी दिदी बहिनीको घरमा पुग्दा सुत्ने ओछ्यानमा पुनमदेवी रक्ताम्ये भई अचेत अवस्थामा फेला परेपछि छिमेकीलाई खबर गरेकी थिइन्। 

सुरुमा नारायणी अस्पतालमा प्राथमिक उपचार गरी नेशनल मेडिकल कलेजमा भर्ना गरिएकी पुनमदेवीको उपचारका क्रममा मृत्यु भएको थियो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिबार मृतक पुनमदेवीले ब्युटिपार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ  गरेको थियो। 

तर हत्यामा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको प्रहरी उपरीक्षक शाहले पत्रकार सम्मेलनमा जानकारी दिए। पक्राउ परेका इमरानलाई भने पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको शाहले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.