शीतल निवास अगाडि प्रदर्शन गर्ने मानव अधिकारकर्मी पक्राउ

शीतल निवास अगाडि प्रदर्शन गर्ने मानव अधिकारकर्मी पक्राउ
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्नुपर्ने भन्दै शीतल निवास अगाडि प्रदर्शन गर्ने मानव अधिकारकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका थिए। 

सो क्रममा प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी लगायतलाई नियन्त्रणमा लिएको हो। 

विरोध प्रदर्शनमा सहभागीहरूले न्यायको सार्वभौम मान्यता विपरीत माफी मिनाहाको घोषणा किन ?, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने?, कैद माफी मिनाहाका नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामन्डन गर्न पाइँदैन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.